मुख्य समाचार
दिल्ली अदालतद्वारा केजरीवालको अन्तरिम जमानत याचिका खारेज, १९ जुनसम्म न्यायिक हिरासत बढायो
दिल्ली अदालतद्वारा केजरीवालको अन्तरिम जमानत याचिका खारेज, १९ जुनसम्म न्यायिक हिरासत बढायो

: राउज एभिन्यु अदालतले बुधबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्तःशुल्क नीति मनी लान्ड्रिङ मुद्दामा मेडिकल कारणहरू देखाउँदै सात दिनको जमानतको लागि दायर गरेको अन्तरिम जमानत याचिका खारेज गरेको छ।


याचिका खारेज गर्दै अदालतले तिहाड जेल अधिकारीहरूलाई सबै आवश्यक मेडिकल परीक्षणहरू गर्न र आवेदक अरविन्द केजरीवालको उपचार गर्न निर्देशन दिएको छ।



यसैबीच अदालतले उनको न्यायिक हिरासत पनि सन् २०२४ जुन १९ सम्म बढाएको छ। सर्वोच्च अदालतको निर्देशनको पालना गर्दै मुख्यमन्त्री केजरीवालले जुन २ मा तिहाड जेलमा आत्मसमर्पण गरेका थिए। सोही अदालतले जुन १ मा अरविन्द केजरीवालको जमानत याचिकामा आदेश सुरक्षित राखेको थियो।

बहसको क्रममा केजरीवालको पक्षमा उपस्थित वरिष्ठ अधिवक्ता एन हरिहरनले भने, 'अन्तरिम जमानत मेरो पार्टीको लागि प्रचार गर्ने उद्देश्यको लागि थियो, जुन एक राष्ट्रिय पार्टी हो।'

भर्खरै केजरीवालले आफ्नो कानूनी टोलीमार्फत सम्बन्धित अदालतमा दुई फरक जमानत आवेदन दिएका छन्। उनको नियमित जमानत याचिका जुन ७ मा सुनुवाइका लागि सूचीबद्ध छ।

यसअघि केजरीवाल अन्तरिम जमानतको म्याद थप गर्न सर्वोच्च अदालत पुगेका थिए। बुधबार सर्वोच्चले उनको निवेदन खारेज गर्दै नियमित धरौटीका लागि ट्रायल अदालत जान स्वतन्त्रता दिइएकोले यहाँ निवेदन सुनुवाइ गर्न नसकिने बताएको थियो।

केजरीवालले मे १० मा न्यायाधीश सञ्जीव खन्ना र दिपङ्कर दत्तबाट अन्तरिम जमानत पाएका थिए। उनलाई जुन २ मा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो।

अदालतले प्रवर्तन निर्देशनालय (इडी) को बयान सुनेर जुन ४ मा संज्ञानात्मक विन्दुमा आदेशको घोषणाको लागि मुद्दा तय गरेको थियो। मुख्यमन्त्री केजरीवालले सर्वोच्च अदालतमा पुनरावेदन दिँदा आम चुनावको घोषणापछि आफ्नो गिरफ्तारी बाह्य विचारबाट प्रेरित भएको दाबी गरेका थिए।

अप्रिल ९ मा उच्च अदालतले जेलबाट रिहा गर्नका लागि उनको निवेदन खारेज गर्यो। साथै लोकसभा चुनावका बीचमा राजनीतिक प्रतिशोधले जेमा राखेको उनको तर्कलाई अस्वीकार गर्‍यो।

केजरीवाललाई अहिले रद्द भइसकेको दिल्लीको अन्तःशुल्क नीति सन् २०२१–२२ मा कथित अनियमितता सम्बन्धमा मनी लान्ड्रिङ अनुसन्धानको सिलसिलामा इडीले मार्च २१ मा पक्राउ गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रत्यक्ष वार्ता गर्ने प्रस्तावलाई स्वीकारेका छन्। युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न बिहीबार टर्कीको इस्तानबुलमा पुटिनसँग व्यक्तिगत वार्ता गर्न तयार रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा रुससँग प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गर्न युक्रेनलाई सुझाव दिएका थिए। त्यसलगत्तै जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै आफू वार्ताको लागि ...
— अमेरिकाको कोलोराडो राज्यबाट आइतबार १ सय १४ जना गैरआप्रवासी एकै पटक पक्राउ परेका छन् । स्थानीय समयअनुसार आइतबार बिहान कोलोराडोको मुख्य सहर डेनभरबाट करिब ७० माइल दक्षिणमा पर्ने कोलोरोडो स्प्रिङ्सको एक भूमिगत नाइट क्लबमा छापा मार्ने क्रममा ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए)को टोलीले एकै पटक १ सय १४ जना कागजातविहिनलाई पक्राउ गरेको हो । अमेरिकी संचारमाध्यम युएसए ...
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...