मुख्य समाचार
राहुल गान्धी केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट विजयी
राहुल गान्धी केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट विजयी

— भारतीय कांग्रेसका नेता राहुल गान्धी दुवै क्षेत्रमा विजयी भएका छन् । केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रमा गान्धी विजयी भएका हुन् ।

गान्धी रायबरेलीबाट झन्डै ४ लाखको मतान्तरले विजयी भएका हुन् । त्यस्तै वायनाडमा उनले भारतीय भारतीय कम्युनिस्ट पार्टीकी एनी राजा ३ लाख ६४ हजार मतान्तरले हराएका छन् । गान्धीले केही बेरअघि पत्रकार सम्मेलन गर्दै उत्तर प्रदेशले भाजपाले पाठ सिकाएको बताएका छन् । यसअघि सन् २०१९ मा ६२ सिट जितेको उत्तर प्रदेशमा यसपल्ट भाजपाले ३३ सिट हाराहारी जित्ने देखिएको छ ।




गान्धी सन् २०१९ मा वायनाडबाट विजयी भएका थिए भने उत्तर प्रदेशको अमेठीमा भने भाजपाकी स्मृति इरानीसँग पराजित भएकी थिइन् । यसपल्ट इरानी अमेठीमा कांग्रेस नेता किशोरीलाल शर्मासँग पछाडि परेकी छिन् ।

उत्तर प्रदेशको अमेठीबाट कांग्रेस नेता राहुल गान्धी ३ पटक सांसद बनेका थिए । पछिल्लो पटक सन् २०१९ मा भने उनले अमेठीमा हार बेहोरेका थिए । २००४,२००९ र २०१४ मा अमेठीबाट जित हात पारेका राहुललाई भारतीय जनता पार्टीकी नेता स्मृति इरानीले ५५ हजार मतान्तरले हराएकी थिइन् ।

भारतीय निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको एनडीए गठबन्धन बहुमतभन्दा अगाडि देखिएको छ । एनडीए गठबन्धन २९३ स्थानमा अगाडि रहँदा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन भने २३३ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...