मुख्य समाचार
प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ मा सपथ लिने
प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ मा सपथ लिने

: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएका छन्। प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधबार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बसेको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।


बैठकमा जनता दल (युनाइटेड) प्रमुख नितिश कुमार र तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडूको सहभागितालाई महत्त्वपूर्ण कदम मानिएको छ । भाजपालाई सरकार बनाउनका लागि उनीहरूको दलको समर्थन महत्त्वपूर्ण छ ।

यसपटकको लोकसभा निर्वाचनमा भाजपा बहुमतको आँकडा दुई सय ७२ भन्दा ३२ सिटले पछि परेको छ र सरकार बनाउन उसले आफ्ना सहयोगीहरूमा निर्भर रहनुपर्नेछ ।




भारतको निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको नतिजाअनुसार भाजपाले दुई सय ४० सिट र काङ्ग्रेसले ९९ सिट जितेका छन् । भाजपाले सन् २०१९ को आम चुनावमा तीन सय तीन र सन् २०१४ को आम चुनावमा दुई सय ८२ सिट जितेको थियो ।

एनडिएको बैठकमा भाजपा अध्यक्ष जेपी नड्डा, भाजपा नेता अमित शाह, राजनाथ सिंह, जनता दल (युनाइटेड) प्रमुख नितिश कुमारलगायत भाजपाका सहयोगीहरू तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडू, शिवसेना प्रमुख एकनाथ शिन्दे, जनता दल (युनाइटेड) लगायतका नेताहरू सहभागी थिए।
बैठकमा धर्मनिरपेक्ष नेता एचडी कुमारस्वामी, जनसेना पार्टी प्रमुख पवन कल्याण, लोक जनशक्ति पार्टी (रामविलास) प्रमुख चिराग पासवान, राष्ट्रवादी काङ्ग्रेस पार्टी (अजित पवार गुट) नेता प्रफुल्ल पटेललगायत अन्य एनडीए निकट दलहरूको सहभागिता थियो ।

यसैबीच केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति द्रौपदी मुर्मूले बुधबार १७ औँ लोकसभा विघटन गरेकी थिइन्।

यसअघि प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपति मुर्मूलाई बुझाएका थिए। राष्ट्रपतिले राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्लाई निरन्तरता दिन आग्रह गरेकी छन् ।

त्यस्तै विपक्षी गठबन्धन इन्डिया ब्लकको बैठक बुधबार साँझ दिल्लीमा बोलाइएको छ । काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले चुनावी नतिजा र त्यसपछिको रणनीतिबारे छलफल गर्न गठबन्धनका नेताहरूको बैठक बस्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ। राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार परीक्षण देशका नेता किम जोङ–उनको निगरानीमा गरिएको हो। कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले हतियारमा उत्कृष्ट लडाई क्षमता रहेको र यसमा विशेष प्रविधि प्रयोग गरिएको बताएको छ। परीक्षणले दुवै क्षेप्यास्त्र ड्रोन र क्रूज क्षेप्यास्त्र सहित विभिन्न हवाई लक्ष्यलाई नष्ट गर्न सक्षम छन् ...
: गाजामा युद्धविराम सम्झौताको माग गर्दै शनिबार इजरायलमा हजारौं मानिस सडकमा उत्रिएका छन्। धेरै सहरमा आयोजित विरोध र्‍यालीमा ठुलो संख्यामा मानिस सहभागी भए। प्रदर्शनकारीले गाजा शहर कब्जा गर्ने सेनाको योजनाले बाँकी बन्धकको जीवनलाई खतरामा पार्न सक्ने बताएका छन्। इजरायली पूर्व रक्षामन्त्री बेनी गान्ट्जले बन्धकको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय एकता सरकार गठन गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्जिओ गोरलाई भारतका लागि अमेरिकी राजदूतमा नियुक्त गरेको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपतिले सर्जिओ गोरलाई भारतका लागि नयाँ अमेरिकी राजदूत र दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत नियुक्त गर्ने बताएका हुन्। भारतमाथि अमेरिकाले लगाएको करलाई लिएर विवाद भइरहेको छ। यसै समयमा गोरलाई भारतका लागि अमेरिकी राजदूत बनाइएको छ। यससँगै भारत ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधान नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिएका छन्। अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको एक हप्तापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,ʻम चाँडै निर्णय गर्नेछु। यो धेरै महत्त्वपूर्ण निर्णय हुनेछ। ...
: चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको बताएका छन्। बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले भारत र चीनबीचको साझेदारीले अन्य कुनै देशलाई असर नगर्ने बताएका हुन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको प्रभाव समयसँगै देखिने बताए। तर यसले भारतको रुससँगको मित्रतालाई ...