मुख्य समाचार
पूर्व कप्तान पारस खड्काले सम्झिए २०१४ को विश्वकप
पूर्व कप्तान पारस खड्काले सम्झिए २०१४ को विश्वकप

: पूर्व कप्तान पारस खड्काले सन् २०१४ को विश्वकप स्मरण गरेका छन्। बंगलादेशमा आयोजना भएको उक्त विश्वकपमा नेपालले पहिलोपटक सहभागी भएको थियो। पारस खड्काकै कप्तानीमा सहभागी भएको नेपाली टोलीले अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो।

नेपालले अफगानिस्तानलाई ९ रन र हङकङलाई ८० रनले पराजित गरेको थियो। बंगलादेशसँग ८ विकेटले पराजित भएको नेपाल रनरेटका आधारमा अर्को चरणमा प्रवेश हुन सकेको थिएन। नेपालले पहिलो खेलमा टस हारेर हङकङविरुद्ध ब्याटिङ गरेको थियो। निर्धारित ओभरको खेलमा नेपालले ८ विकेट गुमाएर १४९ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको हङकङलाई नेपालले ६९ रनमै अलआउट गरेको थियो। बसन्त रेग्मी र शक्ति गौचनले हङकङको इनिङलाई धारासायी बनाएका थिए।

त्यस्तै अफगानिस्तानविरुद्ध पनि टस हारेर नेपालले ब्याटिङ गरेको थियो। निर्धारित ओभरको खेलमा नेपालले ५ विकेटको क्षतिमा १४१ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा १३२ रनमात्र बनाउन सक्यो। नेपालले बंगलादेशविरुद्ध भने १२६ रन बनाएको थियो। बंगलादेशले २७८ बल अगावै निर्धारित लक्ष्य भेट्याएको थियो।

पूर्व कप्तान खड्काले त्यो पल सिंगो देशकै लागि गौरवशाली बनाएको स्मरण गरे। यसबीचमा नेपालले थुप्रै आरोह अवरोहको सामना गर्नुपरेको उनको भनाइ छ। उनले नेपाली क्रिकेट टोली आज विश्वकपको मञ्चमा चन्द्र-सूर्य ध्वजासहित उत्रिने बताए।

पूर्व कप्तान खड्का लेख्छन्-
नयाँ पुस्ताको आगमन : एक दशक लामो समय अन्तराल पश्चात नेपाली क्रिकेट टोली आज विश्वकपको मञ्चमा चन्द्र-सुर्य ध्वजा सहित उत्रिने छ। सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी-२० विश्वकप खेल्न नेपाली टोली मैदान प्रवेश गर्दै-गर्दाको त्यो पल सिंगो देशकै लागि गौरवशाली थियो। एक दशकको आरोह अवरोहहरु विच आज राष्ट्रिय क्रिकेट टोलीले जुन उचाई हाँसिल गरेको छ यो सिंगो राष्ट्रका लागि प्रेरणादायी कथा हो। विश्वकपको मैदानमा नेपाली टोलीलाई देख्दै गर्दा हजारौ युवा र बालबालिकाहरूलाई क्रिकेटको ब्याट र बल वोक्ने उत्साह बढ्नेछ। अन्त्यमा नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई सफलताको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै हाम्रो टोलिले विश्व सामु नेपालको नामलाई पुनः शिखरमा पुर्याउने विश्वास राख्दछु।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...