मुख्य समाचार
गाजामा ७६ वर्ष पुरानो शरणार्थी शिविरमा आक्रमण , महिला र बालबालिकासहित ३२ जनाको मृत्यु
गाजामा ७६ वर्ष पुरानो शरणार्थी शिविरमा आक्रमण , महिला र बालबालिकासहित ३२ जनाको मृत्यु

इजरायलले मध्य गाजामा रहेको ७६ वर्ष पुरानो नुसेरात शरणार्थी शिविरमा आक्रमण गरेको छ। लडाकु विमानले गरेको यो हवाई हमलामा महिला र बालबालिकासहित ३२ जनाको मृत्यु भएको छ ।

हमासको अल-अक्सा मिडियाले भने उक्त आक्रमणमा ३९ जनाको ज्यान गएको जनाएको छ। इजरायलको रक्षा बल आइडीएफले यो आक्रमणको पुष्टि गरेको छ। आइडीएफले यो यूएनआरडब्लूए विद्यालयमा हमासको नुख्बा फोर्सका लडाकुहरूले शरण लिएको दाबी गरेको छ। इजरायलले हवाई आक्रमणमा उनीहरुलाई निशाना बनाएको जनाएका छन्।

इजरायल र हमास बीचको युद्ध सुरु भएदेखि, १० लाख भन्दा बढी मानिसहरू घरबारविहीन भएका छन्। उनीहरूले गाजाका विभिन्न ठाउँमा विद्यालय र अस्पतालमा शरण लिएका छन् । समाचार एजेन्सी एपीका अनुसार नुसिरत शरणार्थी शिविर गाजा पट्टीको बीचमा अवस्थित छ। सन् १९४८ मा इजरायलको स्थापनापछि लाखौं प्यालेस्टिनी घरबारविहीन भएका थिए । उनीहरुलाई आश्रय दिन नुसिरत शिविर निर्माण गरिएको हो ।

आक्रमणमा सर्वसाधारणलाई बचाउने प्रयास गरिएको इजरायलको दाबी
आइडीएफले विद्यालयमा आक्रमण गर्नुअघि पूर्ण योजना बनाइएको दाबी गरेको छ । यस अवधिमा त्यहाँ उपस्थित आम नागरिकलाई धेरै नोक्सान नहोस् भन्ने कुरामा विशेष ध्यान दिइएको जनाइएको छ। यसका लागि उक्त क्षेत्रको हवाई निगरानी गरिएको थियो । साथै त्यहाँ उपस्थित इजरायली गुप्तचर स्रोतहरूबाट पनि जानकारी सङ्कलन गरिएको जनाइएको छ।

इजरायली हमलापछि गाजामा रहेको हमास नेतृत्वको सरकारको मिडिया कार्यालयले पनि विज्ञप्ति जारी गरेको छ । कार्यलयले विद्यालयमा भएको आक्रमणलाई नरसंहार भनेको छ। मिडिया कार्यालयका प्रवक्ता इस्माइल अल थाब्ताले घाइतेहरूलाई अल-अक्सा सहिद अस्पतालमा भर्ना गरिएको बताए।

गाजाका १८३ विद्यालयहरूलाई शरणार्थी शिविरमा परिणत गरियो

अल जजीराको रिपोर्टका अनुसार युएन रिलिफ एण्ड वर्क एजेन्सी (यूएनआरडब्लूए) ले युद्धअघि गाजामा १८३ विद्यालय सञ्चालन गरेको थियो। युद्ध सुरु भएदेखि नै यी विद्यालयका भवनहरू शरणार्थी शिविरमा परिणत भएका छन् ।

८ महिनादेखि जारी इजरायली हमलामा यूएनआरडब्लूए सुविधामा आश्रय लिएका ४५५ जनाको मृत्यु भएको छ । इजरायलले यसअघि ११ र १३ अप्रिलमा नुसिरत शरणार्थी शिविरमा तीन पटक आक्रमण गरेको थियो । यस अवधिमा ७ जनाको मृत्यु भएको छ ।

गत वर्षको डिसेम्बरमा पनि इजरायलले गाजाका दुई विद्यालयमा हवाई आक्रमण गरेको थियो । यसमा ५० जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए । अक्टोबर ७ देखि, इजरायलले यूएनआरडब्लूए परिसरमा ४३० पटक आक्रमण गरेको छ।

अल जजिराका अनुसार अप्रिलमा पनि इजरायलले गाजाको नुसिरत शरणार्थी शिविरमा आक्रमण गरेको थियो । जसमा ७५ जनाको मृत्यु भएको थियो भने ३ सय ४८ जना घाइते भएका थिए । यसबाहेक इजरायली आक्रमणमा १३ हजारभन्दा बढी अस्थायी घर ध्वस्त भएका छन् ।

७ महिनादेखि जारी इजरायल–हमास युद्धमा हालसम्म ३६ हजार ५८६ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । तीमध्ये १५ हजारभन्दा बढी बालबालिका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...