मुख्य समाचार
ओलम्पिक डे २०२४ को औपचारिक सुरुवात
ओलम्पिक डे २०२४ को औपचारिक सुरुवात

। ओलम्पिक डे २०२४ को अवसरमा शनिबारदेखि नेपालमा यसको औपचारिक शुभारम्भ गरिएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधानमा एनओसीअन्तर्गत रहेको स्पोर्ट्स फर अल कमिसनको आयोजनामा नेपालमा ओलम्पिक डे २०२४ को कार्यक्रम सुरु गरिएको हो ।

पाटन मंगलबजारमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डे २०२४ को थालनी गरिएको हो । कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को झण्डोत्तोलन गरे ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका कार्यवाहक अध्यक्ष ज्योती राणाले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिन् । यस्तै कार्यक्रममा नेपाल प्रहरी ब्याण्ड टोलीबाट राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । यस्तै दधिकोट स्कुलका छात्राबाट बाँसरीमा मंगल धुन प्रस्तुत गरिएको थियो ।

मंगलबजारबाट विभिन्न स्कुलका विद्यार्थीहरुले मार्चपास गर्दै सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा पुगेका थिए ।



ओलम्पिक डे हरेक वर्ष जुन २३ मा मनाइँदै आएको छ । तर नेपालमा भने स्पोर्ट्स फर अल कमिसनले जुनको सुरुवातदेखि नै विभिन्न कार्यक्रमहरु आयोजना गरेर ओलम्पिक डे मनाउने गर्छ ।

‘आजदेखि हामीले नेपालमा ओलम्पिक डे २०२४ को औपचारिक सुरुआत गरेका छौं । यसअघि नै केही कार्क्रमहरु सुरु भइसकेका छन्’, श्रेष्ठले भने ।

श्रेष्ठले स्कुलमा पढ्ने बालवालिकालाई सानै देखि सही मार्गमा डोर्‍याउन र खेलकुदको बारेमा जानकारी गराउन यस किसिमको कार्यक्रम गरिएको बताए । यस्तै ड्रग र विसंगति जस्ता खराब क्रियाकलापबाट रोक्न पनि यस कार्यक्रमले सहयोग गर्ने उनले बताए ।

श्रेष्ठका अनुसार नेपालको सातवटै प्रदेश, राष्ट्रिय खेल संघ संस्थाहरु विभागीय टोली प्रिस्कुलहरुसँग सहकार्य गरेर ओलम्पिक डेको अवसरमा विभिन्न कार्यक्रम गरिनेछ । यस्तै ओलम्पिक डे को दिन जुन २३ मा मुख्य कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।

गत वर्ष ३ हजार २ सय ७३ कार्यक्रम आयोजना गरिएको र यस वर्ष ४ हजार एक कार्यक्रम गर्ने लक्ष्य रहेको कमिसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

शिक्षा र खेलकुद क्षत्रेको सही तालमेल मिलाउन र स्कुलदेखि नै साना बालबालिकालाई खेलकुदको विविध पक्षमा बुझाउनका लागि यस खालको कार्यक्रम आयोजना गरिएको कमिसनले जनाएको छ ।

नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्थापना भएको दिन २३ जुनको अवसर पारेर नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...