मुख्य समाचार
विश्व बैंकको आईडीए बैठक काठमाडौंमा, ३०० विदेशी आउने
विश्व बैंकको आईडीए बैठक काठमाडौंमा, ३०० विदेशी आउने

। विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बैठक आगामी ४ देखि ७ असारसम्म काठमाडौंमा हुने भएको छ ।

विश्वका सबैभन्दा गरिब मुलुकलाई अनुदान तथा सहुलियतपूर्ण ऋण दिने संस्था आईडीएको रणनीतिक योजना बनाउने ‘आईडीए–२१’ अन्तर्गतको तेस्रो रिप्लेनिसमेन्ट बैठक काठमाडौंमा हुन लागको हो ।




विश्व बैंक समूह अन्तर्गत नेपालमा हुन लागेको यो हालसम्मकै ठूलो कार्यक्रम हो । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन् ।

आईडीए २१ को प्रक्रिया अन्तर्गत भइरहेको यो बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो ।




नेपालले ६ वर्षअघि आईडीए–१९ बैठक काठमाडौंमा गर्न अमेरिकाको वासिङटन डीसीस्थित विश्व बैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक लबिङ गरेको थियो ।

उदघाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा बैठक हुनेछ ।

समापन सत्रको प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुन हुनेछन् । अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको छ ।

विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धन भूमिकामा रहेको आईडीए बैठकमा सहभागी हुन विश्व बैंक अध्यक्ष अजय बंगा, बैंकको दोस्रो वरियताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, उपाध्यक्ष र पाँच निर्देशक वासिङटनबाट नेपाल आउँदैछन् ।

यस्तै विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३ सय बढी प्रतिनिधि सम्मेलनमा सहभागी हुने सहसचिव नेपालले जानकारी दिए ।

सन् १९६० मा स्थापना भएको आईडीए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका देशका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो ।

आईडीएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी देशमा सहायता उपलब्ध गराउँदै आएको छ । आईडीए बैठक हरेक तीन वर्षमा हुने गरेको छ । यसपटक बैठकको प्रमुख एजेन्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ ।

सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा भएको बताए । उनले साझेदारहरूसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरूका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्त्वपूर्ण हुने उल्लेख गरे ।

कार्यक्रमबाट नेपाललाई कुटनीतिक लाभसमेत मिल्ने विश्वास सरकारले लिएको छ । बैठकमा आगामी तीन वर्ष आईडीएले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न स्रोतको सीमा लगायत विषयमा छलफल हुनेछ ।

बैठकपछि अध्यक्ष बंगासहित उच्च अधिकारीहरू काठमाडौं उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत निरीक्षणमा जानेछन् ।

गत वैशाखमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौं आएका विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठक तयारीबारे छलफल गरेका थिए ।

त्यसअघि मन्त्री पुनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएका बेला वासिङ्टनस्थित विश्व बैंक मुख्यालयमा भएको भेटमा बैंक उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँग भेटमा पनि आईडीए बैठकबारे कुराकानी गरेका थिए ।

हरेक तीन वर्षमा हुने आईडीएको २०औं बैठक २०२१ डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो । उक्त बैठक मार्फत विकास साझेदारको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशलाई कोभिड–१९ महामारी सामना गर्न र हरियाली प्रवर्द्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको थियो ।

विश्व बैंकले संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजना र ६ सय ३५ मेगावाटको दुधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्तर्राष्ट्रिय सीमा क्षेत्र वरपर क्यासिनो व्यवसाय दर्ता तथा सञ्चालनका लागि दुईथरी प्रावधान राखेर सरकारले नयाँ नियमावली ल्याएको छ । नियमावलीअनुसार सीमा क्षेत्रबाट पाँच किलोमिटरसम्म नयाँ क्यासिनो दर्ता गर्न नमिल्ने भएको छ । यसअघि तीन किलोमिटरको सीमा तोकिएको थियो । पाँच किलोमिटरभित्रै तोकिएका सर्त पालना गरेर चलिरहेका पुराना क्यासिनोलाई भने नियमावलीले सञ्चालनमा छुट दिएको छ । पर्यटनसम्बन्धी कानुन संशोधन ...
— अन्नको भण्डार भनिने तराई/मधेश क्षेत्रमै बर्खायाममा निम्तिएको खडेरीका कारण रोपाइँ प्रभावित हुँदा देशव्यापी धान उत्पादनमै २० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । धान औसत फल्दा पनि माग धान्न नसक्ने र आयातमा ठूलो रकम बाहिरिने गरेको पृष्ठभूमिमा यस वर्ष आयात झनै बढ्ने निश्चित छ । गत वर्ष धान (बीउसहित) आयातमा २० अर्ब ३५ करोड रुपैयाँ विदेशिएको ...
: वीरगन्ज नाकाबाट नेपाल उत्पादित मालसामानको विदेशमा निर्यात बढेको छ। गत आर्थिक वर्ष २०८१/८८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढेको हो। गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नेपालमा उत्पादित मालसामान भारत तथा तेस्रो ...
। गत आर्थिक वर्ष २०८१/८२ को कुनै पनि महिना लक्ष्य अनुसार भन्सार राजस्व संकलन हुन नसकेको देखिएको छ । भन्सार विभागका अनुसार गत आव विभागले ४ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ बराबर राजस्व उठाएको छ । यो लक्ष्यको ८३.०१ प्रतिशत हो । यस आव विभागको लक्ष्य ५ खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँ थियो । विभागले ...
: नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङ बन्द हुने अवस्थामा पुगेको छ। २००९ सालमा स्थापना भएको केन्द्रमा किसानले दूध न्यून मात्रामा मात्र ल्याउन थालेपछि केन्द्र बन्द हुने अवस्थामा पुगेको हो। सरकारले उचित मूल्य नदिँदा चौँरीपालक किसान घटेका छन् जसले गर्दा दूध उत्पादन घटेको छ। केन्द्र प्रमुख ग्याल्बु तामाङका अनुसार केन्द्रमा अहिले दैनिक ८० देखि ...