मुख्य समाचार
दक्षिण अफ्रिकाको जितका नायक मिलर
दक्षिण अफ्रिकाको जितका नायक मिलर

। टी–२० विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध जम्माजम्मी १०४ रनको सामान्य लक्ष्य पच्छ्याएको दक्षिण अफ्रिका क्रिजमा संघर्ष गर्दै थियो ।

५ ओभरमा १२ रन बनाउँदा दक्षिण अफ्रिकाको ४ विकेट पतन भइसकेको थियो । त्यसपछि क्रिजमा आए ट्रिस्टन स्टब्स र डेभिड मिलर । उनीहरुको उत्कृष्ट साझेदारीमा दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

खेलको म्यान अफ दि म्याच समेत भएका मिलर दक्षिण अफ्रिकाको जितका नायक बने ।

न्यूयोर्कस्थित आइसेनहोवर पार्कमा भएको १४२. ४ ओभरको खेलमा जम्माजम्मी २३ छक्का प्रहार भएका थिए । अर्थात यो मैदानमा प्रति ३७ बलमा जम्मा १ छक्का प्रहार भएका थिए ।

१८ ओभरमा ६ विकेट गुमाएर ८८ रन बनाउँदा अफ्रिकालाई जितका लागि अन्तिम ६ बलमा १५ रन आवश्यक थियो, जुन सहज थिएन ।

१९ औं ओभरमा बलिङ गर्न बास डी लिडे आइपुगे । मिलरले लिडेलाई पहिलो बलमै छक्का हाने । दोस्रो बलमा उनले २ रन लिँदै मिलरले स्ट्राइक आफैंसँग राखे ।

तेस्रो बल डट भयो । चौथो बलमा मिलरले फेरि चौका हाने । जितका लागि अब अफ्रिकालाई जम्मा ३ रन चाहियो । १९औं ओभरको पाँचौं बलमा मिलरले फेरि छक्का हान्दै अफ्रिकालाई महत्वपूर्ण जित दिलाएका छन् ।

‘यो बाउण्ड्री प्राप्त गर्न निकै गाह्रो थियो, तर जसरी पनि हामीलाई आवश्यक थियो’, खेलपछि मिलर भने, ‘यसको विकल्प नभएपछि जसरी पनि बाउन्ड्री हान्नुपर्छ भने सोचका साथ खेलेको थिएँ । सौभाग्य, त्यो सफल भयो ।’

५१ बलमा ४ छक्का र ३ चौकासहित ५९ रनमा मिलर अविजित रहे । दक्षिण अफ्रिकाले लक्ष्य चेज गरेका खेलहरुमा मिलरको यो चौथो अर्धशतक हो ।

मिलरलाई साथ दिएका थिए स्टब्सले । ७४ रनको साझेदारी गरेका स्टब्सले ३३ रन बनाए । हेनरिक क्लासेन ४, रिजा हेन्ड्रिक्स र मार्को यानसनले जम्मा ३–३ रन बनाए । एडेन माक्रम र क्विन्टन डि ककले खाता खोल्न सकेनन् ।

नेदरल्यान्ड्सका भिभियन किंग्मा र लोगन भान विकले समान २–२ विकेट लिए । बास डि लिडे १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ९ विकेट गुमाउँदै २० ओभरमा १०३ रन बनाएको थियो । साइब्राण्ड एंगलब्रेक्सले ४० र लोगन भान बिकले २३ रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओट्निल ब्राटम्यानले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । मार्को यानसनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

जितसँगै समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले लगातार दोस्रो जितका साथ शीर्ष स्थानमा रहँदै सुपर–८ को सम्भावना बलियो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...