मुख्य समाचार
यस्तो छ युरो खेल्ने इटलीको अन्तिम टोली
यस्तो छ युरो खेल्ने इटलीको अन्तिम टोली

। जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि साविक विजेता इटलीले अन्तिम टोली घोषणा गरेको छ ।

प्रशिक्षक लुसियानो स्पालेट्टीले घोषणा गरेको अन्तिम टोलीमा २०२१ मा युरो जितेका ९ खेलाडी परेका छन् ।

प्रारम्भिक टोलीमा परेका इभान प्रोभेडेल, सामुएल रिक्की र रिकार्डो ओरसोलिनीले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

अगस्ट २०२३ मा रोबर्ट म्यानसिनीले राजीनामा दिएपछि उनको स्थानमा आएका स्पालेट्टीले इटलीको प्रशिक्षकको रुपमा आफ्नो पहिलो मुख्य प्रतियोगिताको भूमिका निर्वाह गर्दैछन् ।

सन् २०२१ मा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएर इटलीले युरो उपाधि जितेको थियो ।

इटलीसहित समूह बी मा स्पेन, क्रोएसिया र अल्बानिया छन् । इटलीले १५ जुनमा डर्टमण्डमा अल्बानियासँग पहिलो खेल खेल्नेछ ।

इटलीको अन्तिम टोली

गोलकिपर : जियानलुगी डोनारुम्मा (पेरिस सेन्ट जर्मेन), एलेक्स मेरेट (नापोली), गुग्लिएल्मो भिकारियो (टोटेनहम)

डिफेन्डर : अलेसान्ड्रो बास्टोनी (इन्टर मिलान), राउल बेलानोभा (टोरिनो), अलेसान्ड्रो बुओन्गियोर्नो (टोरिनो), रिकार्डो कालाफिओरी (बोलोग्ना), एन्ड्रिया क्याम्बियासो (युभेन्टस), माटेओ डार्मियन (इन्टर मिलान), जियोभानी डी लोरेन्जो (नापोली), फेडेरिको डिकोमार्को (इन्टर मिलान), जियानलुका मान्सिनी (रोमा), फेडेरिको गाट्टी (युभेन्टस)

मिडफिल्डर : निकोलो बरेला (इन्टर मिलान), ब्रायन क्रिस्टान्टे (रोमा), निकोलो फागियोली (युभेन्टस), माइकल फोलोरुन्सो (भेरोना), डेभिड फ्राटेसी (इन्टर मिलान), जर्गिन्हो (आर्सनल), लोरेन्जो पेलेग्रिनी (रोमा)

फरवा र्ड : फेडेरिको चिएसा (युभेन्टस), स्टेफन एल शारावे (रोमा), जियाकोमो रास्पादोरी (नापोली), माटेओ रेटेगुई (जेनोआ), जियानलुका स्कामाक्का (एटलान्टा), माटिया जाकाग्नी (लाजियो)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...