मुख्य समाचार
साफ यू २० च्याम्पियनसिपमा नेपाल समूह ए मा
साफ यू २० च्याम्पियनसिपमा नेपाल समूह ए मा

। नेपालमा आयोजना हुने साफ यू २० च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको ‘ड्र’अनुसार आयोजक नेपाल समूह ए मा छ । यस समूहमा नेपालसहित चार टोली छन् भने समूह बी मा तीन टोली छन् ।

समूह ए मा नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंका छन् भने साविक विजेता भारतसहित माल्दिभ्स र भुटान समूह बी मा छन् । साफ यू २० च्याम्पियनसिप आगामी अगष्ट १६ देखि २८ सम्म नेपालमा आयोजना हुँदैछ ।

यसअघि २०२३ मा नेपालमै भएको साफ यू १९ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

अहिलेसम्म भएको पाँच संस्करणमध्ये भारतले ३ पटक र नेपालले २ पटक उपाधि जितेको छ ।

सन् २०१५ र २०१७ मा नेपालले सुरुवाती दुई संस्करणको उपाधि जितेको थियो । त्यसपछि भारतले लगातार तीन संस्करण जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...