मुख्य समाचार
‘ब्वाड ब्वाइज’को ओपनिङले संकटग्रस्ट विल स्मिथको करिअरलाई राहत
‘ब्वाड ब्वाइज’को ओपनिङले संकटग्रस्ट विल स्मिथको करिअरलाई राहत

। ‘ड्युन २’, ‘फ्युरिओसा’, ‘फल गाइ’जस्ता ठूला फिल्मले समेत जोगाउन नसकेको हलिउडको गर्मीयामलाई राहतको खबर छ । धेरैको अनुमान विपरीत विल स्मिथ स्टारर एक्सन फिल्म ‘ब्याड ब्वाइज : राइड अर डाइ’ले सुखद ओपनिङ गरेको छ ।

फिल्मले शुक्रबार २१.६ मिलियन डलर कमायो । शनिबारको कमाइ जोड्दा उत्तर अमेरिकी बक्स अफिसमा ५४ मिलियन डलर पुगेको छ । ३ हजार ८८५ थिएटरबाट फिल्मले पहिलो सप्ताहन्त उक्त कमाइ गरेको डेडलाइन म्यागजिनले उल्लेख गरेको छ ।




विल स्मिथ र माटिन लरेन्स स्टारर यो फिल्म हेर्ने ५८ प्रतिशत दर्शक ३५ वर्षमुनिका छन् भने ४२ प्रतिशत दर्शक अश्वेत रहेको जनाइएको छ ।

यो ओपनिङले हलिउडको गर्मीयामको बक्स अफिसलाई मात्र होइन, पछिल्लो समय संकटग्रस्त अभिनेता विल स्मिथको करिअरलाई पनि ठूलै राहत दिएको छ । ओस्कार समारोहमा क्रिस रकलाई थप्पड हानेको घटनापछि स्मिथ विवादित बन्दै आएका थिए ।




‘ब्याड ब्वाइज : राइड अर डाइ’को व्यापारले हलिउडमा पछिल्लो समय एक्सन–एडभेन्चर फिल्म पुनः लयमा फर्किएको अनुमान पनि गरिएको छ ।

सन् २०२० मा रिलिज भएको यो फिल्मको अघिल्लो श्रृंखला ‘ब्याड ब्वाइज अफ लाइफ’ले उत्तर अमेरिकामा ६२.५ मिलियन डलरको ओपनिङ गरेको थियो । यो फिल्मको कुल कमाइ २०४ मिलियन डलर पुगेको थियो ।

फिल्ममा विल स्मिथ र लरेन्सले प्रहरी जासुसहरु माइक लोरी र मार्कस बर्नेटको भूमिका निर्वाह गरेका छन् । सोनीको यो फिल्मले एसियाली बजारमा भने अपेक्षाभन्दा कम कमाइ गरेको छ ।

यो सप्ताहन्त उत्तर अमेरिकामा रिलिज भएको ‘द वाचर्स’ले २.९ मिलियन डलर कमाइ गरेको छ । यो फिल्म आगामी साता नेपालमा समेत प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...