मुख्य समाचार
अल्कारेजले जिते फ्रेन्च ओपनको उपाधि
अल्कारेजले जिते फ्रेन्च ओपनको उपाधि

। स्पानिस टेनिस स्टार कार्लोस अल्कारेजले फ्रेन्च ओपनको उपाधि जितेका छन् । ५ सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा जर्मनीका अलेजान्डर जेभरेभलाई ३-२ ले पराजित गर्दै अल्कारेजले पहिलो पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन् ।

पेरिसको रोला ग्यारो क्ले कवर्टमा भएको फाइनलमा तेस्रो वरियताका अल्कारेजले जेभरेभलाई ६-३, २-६, ५-७, ६-१, ६-१ ले पराजित गरे ।

अल्कारेसको यो तेस्रो ग्राण्ड्सलाम उपाधि हो । उनले यसअघि २०२२ मा युएस ओपनर र गतवर्ष विम्बलडन ओपनको उपाधि जितेका थिए । २१ वर्षीय अल्कारेजले ३ फरक सर्फेसमा ग्राण्ड्स्लाम उपाधि जित्ने कान्छो खेलाडीसमेत बनेका छन् ।

टिभीमा फ्रेन्च ओपन हेर्दै हुर्किएको र अहिले आफूले जित्न पाउँदा खुशी लागेको अल्कारेजले बताए । ‘म टेलिभिजनमा यो प्रतियोगिता हेर्ने गर्थेँ, अहिले यो ट्रफी उचाल्दैछु’, ६ पटकका ग्राण्ड्स्लाम विजेता बोजन बर्गले ट्रफी प्रदान गरेपछि अल्कारेजले भने ।

चौथो वरियतामा जर्मन खेलाडी जेभरेभ करियरको पहिलो ग्राण्ड्स्लाम जित्ने अभियानमा तरहेपनि सफल हुन सकेनन् । २७ वर्षीय जेभरेभ दोस्रो पटक ग्राण्ड्स्लाम फाइनलमा पराजित भएङ्का हुन् । यसअघि २०२० को युएस ओपन फाइनलमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...