मुख्य समाचार
एम्बाप्पेलाई चोटको चिन्ता, युरोसम्म फिट होलान् ?
एम्बाप्पेलाई चोटको चिन्ता, युरोसम्म फिट होलान् ?

। फ्रान्सेली फुटबल स्टार केलिएन एम्बाप्पे युरोकपअघि क्यानडा विरुद्धको मैत्रीपूर्ण खेलको अभ्यासमा सहभागी भएनन् ।

किनकी लक्जेमवर्ग विरुद्ध ३-० ले विजयी भएको खेलमा उनको घुँडामा समस्या देखिएको थियो । क्यानडा विरुद्ध पहिलो रोजाइमा नखेलेका उनी वैकल्पिक खेलाडीको रुपमा ७४औं मिनेटमा उसमान डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । उनले खेलपछि पत्रकारहरुसँगको कुराकानीमा आफू पूर्ण रुपमा ठीक नभएको तर सुधार भइरहेको बताएका थिए । युरोकप खेल्न भने आफू ठीक भइसक्ने उनको भनाइ छ ।

प्रशिक्षक डिडियर डेसच्याम्प युरो २०२४ का लागि आफ्ना स्टार कप्तान तयार हुनेमा ढुक्क छन् । ‘लक्जेमवर्ग विरुद्धको खेलअघि र प्रशिक्षणमा उनलाई केही समस्या देखिएको थियो । त्यसपछि उनको उपचार भयो । उनी आज अझ राम्रो भएका छन् । यदि उनी खेलमा संलग्न हुन चाहन्छन् भनेपनि कुनै रिस्क छैन’, डेसच्याम्पले भने ।

एमबाप्पेको टिममेट अउरेलिएन चुवामेनी क्यानडा विरुद्धको खेलमा बाहिर बसेका थिए । उनी जुन १७ मा अष्ट्रिया विरुद्ध हुने युरोकपको पहिलो खेलका लागि तयार नहुने देखिएको छ । तर उनले नेदरल्याण्ड्स र पोल्याण्ड विरुद्ध हुने खेल खेल्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...