मुख्य समाचार
मोदीको शपथ ग्रहण समारोहमा शाहरुख, अक्षय, कंगनादेखि रजनीकान्तसम्म
मोदीको शपथ ग्रहण समारोहमा शाहरुख, अक्षय, कंगनादेखि रजनीकान्तसम्म

। नरेन्द्र मोदीले आइतबार साँझ लगातार तेस्रो पटक भारतीय प्रधानमन्त्रीको रुपमा शपथ लिएका छन् । कार्यक्रममा भारतीय फिल्म क्षेत्रका चर्चित व्यक्ति समेत सामेल थिए । शाहरुख खान, अक्षय कुमार, विक्रान्त मेस्सी, राजकुमार हिरानीलगायत धेरै स्टार पुगेका थिए ।

कार्यक्रममा हिमाञ्चल प्रदेशको मण्डी सिटबाट निर्वाचित सांसद एवं अभिनेत्री कंगना रनौत पनि सहभागी भएकी थिइन् । साथै शपथ ग्रहण समारोहमा साउथ सुपरस्टार रजनीकान्त पनि सहभागी थिए । चेन्नई एयरपोर्टमा रजनीकान्तले भने, ‘यो ठूलो उपलब्धि हो । उहाँहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यसपटक जनताले बलियो प्रतिपक्षलाई पनि चुनेका छन् । यसले स्वस्थ लोकतन्त्रको निर्माण गर्नेछ ।’




सपथ कार्यक्रमअघि अनुपम खेरले कंगनासँग फोटो खिचेका थिए । उनले सामाजिक सञ्जालमा यस सम्बन्धमा एउटा भिडियो पनि सेयर गरेका छन् । उनले यो भिडियोको क्याप्सनमा लेखेका छन् – क्वीन…।’

बलिउड अभिनेता अजय देवगणले शपथ समारोहअघि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीलाई विजयी भएकोमा बधाई दिएका छन् । शपथ ग्रहण समारोहमा अभिनेता अनिल कपुरले भने, ‘देशले प्रगति गरिराखोस् र गरिरहनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्ड र कम्बोडियाबीच फेरि तनाव बढ्दै गएको छ। दुई देशबीच झडप र हवाई हमलापछि हजारौँ थाइल्याण्ड–कम्बोडियाली सीमाबाट भागेका छन्। दुई देशबीच तनाव बढ्दै गएपछि मानिसहरू आफ्नो सुरक्षाबारेमा चिन्तित भएका छन्। यस्तै व्यवसाय अवरुद्ध भएका छन् भने विद्यालय र अस्पताल बन्द छन्। थाइल्याण्डको सी सा केट प्रान्तका एक बासिन्दाले बीबीसी थाईलाई भने,ʻयो साँच्चै ...
: थाई आर्मीले कम्बोडियासँगको झडपपछि हवाई आक्रमण सुरु गरेको बताएको छ। यी आक्रमण विवादित थाइल्याण्ड-कम्बोडिया सीमामा गरिँदैछन्। थाइल्याण्डले सोमबार बिहान कम्बोडियाबाट आफ्ना सेनामाथि गोलीबारी भएको र दुई सैनिकको मृत्यु भएको तथा अन्य चार जना घाइते भएको बताएको छ। तर त्यसको केही समयपछि थाई सेनाले मृतक र घाइते सैनिकको संख्या परिवर्तन गरेको थियो। थाई सेनाका प्रवक्ताले पत्रकार ...
: रुसले शनिबार रातभर युक्रेनमा हवाई आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न जारी वार्ताबारे टिप्पणी गरेको केही घण्टापछि यो आक्रमण भएको हो। फ्लोरिडामा तीन दिनको वार्तापछि डोनाल्ड ट्रम्पको वार्ता टोलीसँग फोन वार्ता धेरै रचनात्मक भएको उनले बताएका थिए। युक्रेनी औद्योगिक शहर क्रेमेनचुकका मेयरले शहरमा ठूलो मात्रामा आक्रमण भएको बताए। उनका अनुसार कुनै हताहतको ...
: अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी भएका छन् । सिड्नी सहरबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने कुलबोङस्थित निम्मबिन रोड आसपासका क्षेत्रमा शनिबार डढेलो तीव्र रूपमा फैलिएपछि आपतकालीन चेतावनी जारी गरिएको छ । पूर्वी र मध्य न्यू साउथ वेल्समा ७५ भन्दा धेरै ठाउँमा डढेलो फैलिएको थियो । जसमध्ये १९ ...
: भारतको गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उत्तरी गोवाको अर्पोरा गाउँको नाइटक्लबमा सिलिन्डर विस्फोट भएर ठूलो आगलागी हुँदा २३ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। उक्त क्लब गत वर्ष मात्र खुलेको ...