। केही दिनअघि काठमाडौंमा टीजआइएफ फेसन सप्ताहको आयोजना गरियो । अभिनेता राजेश हमालदेखि बलिउड अभिनेत्री तारा सुतरिया उक्त इभेन्टमा आकर्षण बने ।
पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, अभिनेता प्रदीप खड्का, अभिनेत्री स्वस्तिमा खड्का, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह, आना शर्मा, प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ, शिल्पा मास्केले रनवेमा देखिए ।
शिवांगी प्रधानको पहिरनमा ‘स्टुडेन्ट अफ द इयर २’ फेम्ड अभिनेत्री तारा सुतरिया रनवेमा प्रस्तुत भएकी थिइन् । अभिनेता हमाल हुबाको लेदर पहिरनमा आकर्षक रुपमा प्रस्तुत भए ।
अभिनेत्री साम्राज्ञी डिजाइनर प्रधानकै लेहेंगामा प्रस्तुत भएकी थिइन् । स्वस्तिमा मिनल एण्ड दीपाको डिजाइनमा प्रस्तुत थिइन् । प्रियंका र आयुष्मान प्रियान्शी जलनको डिजाइनरमा रनवेमा हिँडे ।
अभिनेता प्रदीप खड्का राइनो हाइवेको डिजाइनमा प्रस्तुत भएका थिए ।