मुख्य समाचार
सीता दाहाल महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप काठमाडौंमा हुने
सीता दाहाल महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप काठमाडौंमा हुने

। अखिल नेपाल कबड्डी संघको आयोजनामा सीता दाहाल महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप नेपालमा हुने भएको छ । पाँच राष्ट्र सहभागी हुने उक्त च्याम्पियनसिप असार ४ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना हुने संघका महासचिव अरविन्द झाले जानकारी दिए ।

च्याम्पियनसिपमा नेपालसहित इरान बंगालदेश श्रीलंका र इन्डोनेसियाको सहभागिता हुनेछ । नेपालको महिला टोलीले गत असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाडमा ऐतिहासिक कांस्य जितेको थियो ।

पहिलो पटक एसियाडमा सहभागी भएको नेपाली महिला टिमले समूह चरणमा बंगलादेशलाई हराएको थियो भने इरानसँग पराजित भएको थियो । सेमिफाइनलमा भने नेपाल भारतसँग पराजित भएको थियो । नेपाल र इरानले सेमिफाइनल पुग्दै कांस्य पदक जितेका थिए ।

यस्तै नेपालको महिला टिमले सन् २०१९ मा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत पदक जितेको थियो ।

केही समयअघि नेपालको पुरुष टोली बंगलादेशमा भएको बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा उपविजेता बनेको थियो । पहिलो पटक फाइनल पुगेको नेपाल घरेलु टोली बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...
: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो एकदिवसीय वरीयतामाभारतीय स्टार क्रिकेटर विराट कोहली दोस्रो स्थानमा उक्लिएका छन्। यसअघि उनी चौथो स्थानमा रहेका थिए। आईसीसीले बुधबार सबै ढाँचाका लागि पछिल्लो वरीयता जारी गर्‍यो। रोहित शर्मा ७८१ अंकका साथ एकदिवसीयमा शीर्ष स्थानमा कायमै छन् भने विराट कोहलीको ७७३ अंकसहित दोस्रो स्थानमा छन्। यी दुई बाहेक कप्तान शुभमन गिल ७२३ ...
— धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा क्रिकेट रंगशाला निर्माण गर्दा लागेको ऋण रकम भुक्तानीका विषयमा मंगलबार भरतपुर महानगरपालिकाको टोलीले काठमाडौंमा खेलकुद मन्त्री बब्लु गुप्तासँग छलफल गरेको छ । फाउन्डेसन र महानगरबीच २०७५ माघ १६ मा भएको सहमतिअनुसार रामपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको निर्माण सुरू भएको थियो । फाउन्डेसनले आर्थिक स्रोत जुटाएर महानगरले उपलब्ध गराएको जग्गामा रंगशाला बनाउने ...