मुख्य समाचार
राष्ट्रसंघ सुरक्षा परिषद बैठक : गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित
राष्ट्रसंघ सुरक्षा परिषद बैठक : गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित

। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ । सुरक्षा परिषदमा रहने १५ सदस्यहरुमध्ये १४ सदस्य युद्ध विराम गर्ने पक्षमा उभिएका थिए । भिटो प्रयोग गर्ने अधिकार रहेको रुसले भने मतदानमा भाग लिएन ।

युद्धविरामको प्रस्ताव अमेरिकाले राखेको थियो । विशाल बहुमतले प्रस्ताव पारित भएपछि अमेरिकी राजदूत लिण्डा थोमस ग्रिनफिल्डले इजरायल र हमास दुवैलाई विनासर्त युद्ध विराम गर्न अपिल गरिन् ।




आठ महिना अघिदेखि इजरायलले गाजा क्षेत्रमा आक्रमण जारी राख्दा त्यहाँ मानवीय संकट उत्पन्न भएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ३१ मेमा युद्धविराम गर्न राखेको प्रस्ताव इजरायलले स्वीकार गरिसकेको छ । तर लागू भएको छैन ।




संयुक्त राष्ट्रसंघका अनुसार गाजामा तीन चरणमा युद्धविराम लागु गर्ने उल्लेख छ । ती शर्तहरु कतारमार्फत् हमाससमक्ष पुर्‍याइसकिएको छ ।

पहिलो चरणमा बन्धक बनाइएकाहरुलाई रिहा गर्ने र बन्धक भएकै अवस्थामा मृत्यु भएकाहरुको शव फर्काउने उल्लेख छ । इजरायली सेना गाजा क्षेत्रबाट हट्न सुरु गर्ने, युद्धका कारण विस्थापित भएकाहरुलाई आफ्नो घर फर्किन दिने र सुरक्षित रुपमा मानवीय सहायता पुर्‍याउने प्रस्ताव छ ।

दोस्रो चरणमा युद्धको स्थायी अन्त्यको चरण हुने छ । यस चरणमा कोही बन्धक बाँकी भए तिनलाई रिहा गर्ने र इजरायली सेना गाजाबाट पूर्णरुपमा हट्ने प्रस्ताव छ ।

तेस्रो चरणमा गाजामा पुनर्निर्माणको काम सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्ड र कम्बोडियाबीच फेरि तनाव बढ्दै गएको छ। दुई देशबीच झडप र हवाई हमलापछि हजारौँ थाइल्याण्ड–कम्बोडियाली सीमाबाट भागेका छन्। दुई देशबीच तनाव बढ्दै गएपछि मानिसहरू आफ्नो सुरक्षाबारेमा चिन्तित भएका छन्। यस्तै व्यवसाय अवरुद्ध भएका छन् भने विद्यालय र अस्पताल बन्द छन्। थाइल्याण्डको सी सा केट प्रान्तका एक बासिन्दाले बीबीसी थाईलाई भने,ʻयो साँच्चै ...
: थाई आर्मीले कम्बोडियासँगको झडपपछि हवाई आक्रमण सुरु गरेको बताएको छ। यी आक्रमण विवादित थाइल्याण्ड-कम्बोडिया सीमामा गरिँदैछन्। थाइल्याण्डले सोमबार बिहान कम्बोडियाबाट आफ्ना सेनामाथि गोलीबारी भएको र दुई सैनिकको मृत्यु भएको तथा अन्य चार जना घाइते भएको बताएको छ। तर त्यसको केही समयपछि थाई सेनाले मृतक र घाइते सैनिकको संख्या परिवर्तन गरेको थियो। थाई सेनाका प्रवक्ताले पत्रकार ...
: रुसले शनिबार रातभर युक्रेनमा हवाई आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न जारी वार्ताबारे टिप्पणी गरेको केही घण्टापछि यो आक्रमण भएको हो। फ्लोरिडामा तीन दिनको वार्तापछि डोनाल्ड ट्रम्पको वार्ता टोलीसँग फोन वार्ता धेरै रचनात्मक भएको उनले बताएका थिए। युक्रेनी औद्योगिक शहर क्रेमेनचुकका मेयरले शहरमा ठूलो मात्रामा आक्रमण भएको बताए। उनका अनुसार कुनै हताहतको ...
: अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी भएका छन् । सिड्नी सहरबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने कुलबोङस्थित निम्मबिन रोड आसपासका क्षेत्रमा शनिबार डढेलो तीव्र रूपमा फैलिएपछि आपतकालीन चेतावनी जारी गरिएको छ । पूर्वी र मध्य न्यू साउथ वेल्समा ७५ भन्दा धेरै ठाउँमा डढेलो फैलिएको थियो । जसमध्ये १९ ...
: भारतको गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उत्तरी गोवाको अर्पोरा गाउँको नाइटक्लबमा सिलिन्डर विस्फोट भएर ठूलो आगलागी हुँदा २३ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। उक्त क्लब गत वर्ष मात्र खुलेको ...