मुख्य समाचार
‘बिगबोस’ ओटीटीको तेस्रो सिजनलाई अनिल कपुरले होस्ट गर्ने
‘बिगबोस’ ओटीटीको तेस्रो सिजनलाई अनिल कपुरले होस्ट गर्ने

। ‘बिग बोस’ भारतीय टेलिभिजनमा धेरै टीआरपी पाउने शोमध्ये एक हो । कार्यक्रमको टिभी र ओटीटी दुवै संस्करणले उत्तिकै चर्चा पाउने गरेका छन् । पुनः एकपटक दर्शकलाई मनोरञ्जन दिलाउन यो शो तयार भएको छ ।

शोको ओटीटी संस्करणको नयाँ सिजन चाँडै प्रसारण हुने भएको छ । केही दिनअघि निर्माताले यस पटकको शोको प्रस्तोतालाई लिएर निकै ‘सस्पेन्स’ बनाएपछि दर्शकमा शोप्रतिको उत्सुकता झनै बढेको थियो ।




जियो सिनेमाले इन्स्टाग्राममा एक पोस्ट गर्दै प्रिमियर मितिको घोषणा गरेको छ । बिगबोस ओटीटीको यो तेस्रो सिजनलाई बलिउड अभिनेता अनिल कपुरले होस्ट गर्ने भएका छन् ।

जियो सिनेमाले इन्स्टाग्राममा अनिल कपुरसँगको पोस्ट सेयर गर्दै लेखेको छ, ‘अनिल कपुर बिगबोस ओटीटी ३ को नयाँ होस्टको रूपमा यहाँ छन् । ठूलो पर्दामा राज गरेपछि अनिल अब बिगबोसको घरमा शासन गर्न आउँदैछन् ।’ २१ जुनबाट जियो सिनेमामा बिगबोस ओटीटीको नयाँ सिजन सुरु हुनेछ ।’




अभिनेता कपुरले आफूले शो होस्ट गर्न लागेकोबारे बताएका छन्, ‘बिगबोस ओटीटी र एक ड्रिम टिम हौं । मानिस प्रायः भन्छन् कि म सधैं जवान हुँदैछु, तर वास्तविक बिगबोस समयको सीमाभन्दा मुक्त छ । मलाई यो शो विद्यालयमा पुनः फर्किएजस्तै लाग्दैछ । केही नयाँ र रोमाञ्चक गर्ने कोसिस गरिरहेको छु ।’

शोको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै अभिनेताले भने, ‘मैले सधैं इमान्दारी र मेहनतका साथ मेरा सबै प्रोजेक्ट गरेको छु र बिगबोसमा त्यो भन्दा दश गुणा ऊर्जा ल्याउनेछु । यो अनौठो शोमा हाँसो, नाटक र ट्विस्टका साथ केही नयाँ कुरा छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...