मुख्य समाचार
युरो २०२४ का लागि इंग्ल्याण्डको टोली घोषणा
युरो २०२४ का लागि इंग्ल्याण्डको टोली घोषणा

। जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि इंग्ल्याण्डको टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले ह्यारी मगुएर, ज्याक ग्रेलिस, जेम्स म्याडिसन जस्ता खेलाडीलाई बाहिर राख्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

यसअघि ३३ सदस्यीय प्रारम्भिक टोलीबाट साउथगेटले ७ खेलाडीलाई बाहिर राखेका छन् ।

गोलकिपर जेम्स ट्राफोर्ड, डिफेण्डर जराड ब्रान्थवेट, जरेल क्वान्साह र ह्यारी मागुइरे, मिडफिल्डर कर्टिस जोन्स तथा फरवार्डद्वय ज्याक ग्रेलिस र जेम्स म्याडिसनले अन्तिम टोलीमा सथ्न बनाउन सकेनन् ।

युरो २०२४ का लागि इंग्ल्याण्डको टोली

गोलकिपर: डीन हेन्डरसन (क्रिस्टल प्यालेस), जोर्डन पिकफोर्ड (एभर्टन), आरोन राम्सडेल (आर्सनल)।

डिफेन्डर: लेविस डंक (ब्राइटन), जो गोमेज (लिभरपुल), मार्क गुएही (क्रिस्टल प्यालेस), एजरी कोन्सा (एस्टन भिल्ला), ल्यूक श (म्यानचेस्टर युनाइटेड), जोन स्टोन्स (म्यानचेस्टर सिटी), किरन ट्रिपियर (न्यूकासल), काइल वाल्कर (म्यानचेस्टर सिटी)

मिडफिल्डर: ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्ड (लिभरपुल), कोनोर गालाघर (चेल्सी), कोबी माइनू (म्यानचेस्टर युनाइटेड), डेक्लान राइस (आर्सनल), एडम व्हार्टन (क्रिस्टल प्यालेस)।

फरवार्ड: जुड बेलिङ्घम (रियल म्याड्रिड), जारोड बोवेन (वेस्ट ह्याम), एबेरेची इजे (क्रिस्टल प्यालेस), फिल फोडेन (म्यानचेस्टर सिटी), एन्थोनी गोर्डन (न्यूकासल), ह्यारी केन (बायर्न म्युनिख), कोल पाल्मर (चेल्सी), बुकायो साका (आर्सनल), इभान टोनी (ब्रेन्टफोर्ड), ओली वाटकिन्स (एस्टन भिल्ला)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...
: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो एकदिवसीय वरीयतामाभारतीय स्टार क्रिकेटर विराट कोहली दोस्रो स्थानमा उक्लिएका छन्। यसअघि उनी चौथो स्थानमा रहेका थिए। आईसीसीले बुधबार सबै ढाँचाका लागि पछिल्लो वरीयता जारी गर्‍यो। रोहित शर्मा ७८१ अंकका साथ एकदिवसीयमा शीर्ष स्थानमा कायमै छन् भने विराट कोहलीको ७७३ अंकसहित दोस्रो स्थानमा छन्। यी दुई बाहेक कप्तान शुभमन गिल ७२३ ...
— धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा क्रिकेट रंगशाला निर्माण गर्दा लागेको ऋण रकम भुक्तानीका विषयमा मंगलबार भरतपुर महानगरपालिकाको टोलीले काठमाडौंमा खेलकुद मन्त्री बब्लु गुप्तासँग छलफल गरेको छ । फाउन्डेसन र महानगरबीच २०७५ माघ १६ मा भएको सहमतिअनुसार रामपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको निर्माण सुरू भएको थियो । फाउन्डेसनले आर्थिक स्रोत जुटाएर महानगरले उपलब्ध गराएको जग्गामा रंगशाला बनाउने ...