मुख्य समाचार
सहकारीको बिग्रिँदो वित्तीय अवस्था र बैंकहरूको बढ्दो निष्क्रिय कर्जा चुनौतीपूर्ण : आईएमएफ
सहकारीको बिग्रिँदो वित्तीय अवस्था र बैंकहरूको बढ्दो निष्क्रिय कर्जा चुनौतीपूर्ण : आईएमएफ

। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रले अझै चुनौतीहरूको सामना गरिरहेको जनाएको छ ।

टिडियन किन्डाको नेतृत्वमा विस्तारित कर्जा सुविधाका सर्तहरू कार्यान्वयन अवस्था मूल्यांकन गर्न आएको आईएमएफ टोलीले नेपालले गरेका सुधार प्रयास सकारात्मक भए पनि अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएको हो ।




समयमै चालिएका नीतिगत कदम, वस्तु मूल्यमा नियन्त्रण र कमजोर घरेलु मागले मुद्रास्फीति नियन्त्रण गर्न सहयोग पुगेको आईएमएफले विज्ञप्तिमा उल्लेख गरेको छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा राजस्व संकलन कोभिड अगाडिको भन्दा अझै पनि न्यून रहेका कारण यसले विकास खर्च, पूर्वाधार विकास र लक्षित सामाजिक विकासमा वाधा पुग्ने आईएमएफले बताएको हो ।




यस्तै बैंकहरूको निष्क्रिय कर्जा दोब्बरले बढेर ४ प्रतिशत पुग्नु र सहकारी संस्थाको बिग्रिँदो वित्तीय अवस्था चिन्ताको विषय बनेको आईएमएफले जनाएको छ । सहकारी समस्या समाधान गर्न नीतिगत पहल सुरु भएको र त्यसलाई आईएमएफले सकारात्मक कदम भएको बताएको छ । वाह्य क्षेत्रमा देखिएको सुधारले आर्थिक विस्तारमा सहयोग पुग्ने आधार बनेको आईएमएफको भनाइ छ ।

नेपालको मध्यमकालीन आर्थिक दृष्टिकोण सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ । ‘विशेषगरी ऊर्जा क्षेत्रमा रणनीतिक लगानी, पूँजीगत खर्चमा वृद्धिले घरेलु माग बढाउने र मुद्रास्फीति लक्ष्य सीमा ५.५ प्रतिशतभित्र रहने अपेक्षा छ,’ आईएमएफले भनेको छ ।

मौद्रिक नीतिको कार्यदिशा सजग र तथ्यांकमा आधारित बनाउनुपर्ने उसको भनाइ छ । आर्थिक स्थिरता र नीतिगत संरचना बलियो बनाउन विस्तारित कर्जा सुविधा कार्यक्रम कार्यान्वयनमा प्रगति हुनु सकारात्मक भएको आईएमएफले जनाएको छ ।

नेपालको वित्तीय प्रणालीलाई बलियो बनाउन १० ठूला वाणिज्य बैंकको कर्जा फोर्टफोलियो रिभ्यु सुरु हुनु, नेपाल राष्ट्र बैंक ऐनमा संशोधन, नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०२३/२४ को वित्तीय विवरण अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट परीक्षण गर्नेजस्ता विषय सकारात्मक रहेको उसको भनाइ छ ।

त्यसैगरी सबै सार्वजनिक संस्थानको वार्षिक वित्तीय विवरण प्रकाशित गर्नु बैंक तथा वित्तीय संस्थामा सुपरभाइजरी इन्फर्मेसन सिस्टम पूर्ण कार्यान्वयन हुनु उपलब्धिपूर्ण भएको आईएमएफले बताएको छ ।

नेपालले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण संरचना बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । जसका लागि १५ कानुन संशोधन र दोस्रो चरणमा थप कानुन तयार भइरहेको समेत आईएमएफले जनाएको छ ।

‘अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्य दाताको प्राविधिक समर्थनमा नयाँ कानुनी संरचनाको प्रभावकारिता सुनिश्चित गर्न नेपाल प्रतिबद्ध छ,’ आईएमएफ मिसनले जारी गरेको विज्ञप्तिमा छ ।

आईएमएफ मिसनले विज्ञप्ति मार्फत नेपालले आर्थिक नीति तथा सुधारका क्षेत्रमा निरन्तर प्रगति गर्दै गएको बताएको हो ।

‘अर्थ मन्त्रालयले कर संकलन प्रभावकारी बनाउन आन्तरिक राजस्व परिचालन रणनीति स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगले बजेटमा छुट्याइएका पूँजीगत परियोजनाहरूको कार्यान्वयन सुधार गर्न कार्य योजना स्वीकृत गरेको छ,’ आईएमएफको विज्ञप्तिमा छ, ‘अधिकांश अतिरिक्त बजेटरी कोष खाताहरूलाई वार्षिक वित्तीय विवरणमा समावेश गर्नु र केही प्रमुख सार्वजनिक संस्थानहरूको अडिट गरिएका वित्तीय विवरण प्रकाशित छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत भित्र्याइरहेको युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज र रक्सौलको रेल्वे स्टेसनमा मल बोकेको रेल्वे र्‍याकको चाङ नै लाग्न थालेको छ । हाल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र सीमापारि भारतीय रेल्वे स्टेसन रक्सौलमा गरी ५ रेल्वे र्‍याक युरिया मल एकसाथ आई पुगेको हो । तीमध्ये सुक्खा बन्दरगाहमा २ र ...
: पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति पुगेको छ। बुधबार रातिदेखि सुरु भएको अविरल वर्षा बिहीबार बिहानसम्म जारी रहेपछि धान काट्न तयार भएका किसानहरू चिन्तित छन्। वर्षाको कारण खेतभरी पाकेको धान काट्न नपाएपछि किसान चिन्तित बनेका छन्। काटिसकेको धान पनि पानीले भिजाएपछि धेरै ठाउँमा बिग्रने अवस्था आएको छ। कोशी प्रदेशका १४ वटै जिल्लामा बुधबारदेखि ...
। नेपाल र चीनबीच लामो समयदेखि सञ्चालनमा रहेका दुई व्यापारिक नाका रसुवागढी र तातोपानीमा पहिरोले अवरोध गर्दा मुस्ताङस्थित कोरला नाका विकल्पका रूपमा तयार भएको छ । भन्सार विभागका अनुसारका चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा यो नाका हुँदै ५ अर्ब रुपैयाँभन्दा बढीको आयात–निर्यात भएको छ । मुस्ताङ नाकाबाट ५ अर्ब २७ करोडको वस्तु आयात भएको छ भने ...
— चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै ३ खर्बभन्दा बढीको व्यापार घाटा बेहोर्नुपरेको छ । निर्यातभन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग ३ खर्ब ४ अर्ब ४५ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म भारतबाट नेपालले २ खर्ब ५८ अर्ब ८७ करोड रुपैयाँको ...
— अन्य समयको तुलनामा दसैं–तिहारमा खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री बढी हुन्छ । व्यापारीको भनाइ मान्ने हो भने वर्षभर हुने कारोबारको एकतिहाइ दसैं–तिहारमै हुन्छ । चाडपर्वका समयमा स–साना खुद्रा पसलदेखि ठूला–ठूला पसलदेखि आउटलेटहरूमा खरिद–बिक्री बढी हुन्छ । व्यवसायीले पनि चाडपर्वलााई लक्ष्य गरी बढी नै सामान आयात गर्छन् । भन्सार विभागको तथ्यांकले पनि सोही क्रमलाई दर्शाउँछ । चालु आर्थिक वर्षको पहिलो तीन महिना ...