मुख्य समाचार
एमडीएमएस प्रणाली तत्काल लागु गर्न मोबाइल व्यवसायी महासंघको माग
एमडीएमएस प्रणाली तत्काल लागु गर्न मोबाइल व्यवसायी महासंघको माग

। नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल फोनमा तत्काल एमडीएमएस प्रणाली लागु गर्न माग गरेको छ ।

काठमाडौंमा शुक्रबारदेखि सुरु महासंघको दोस्रो महाधिवेशनमार्फत महासंघले मोबाइल फोनको अवैध कारोबार रोक्न तत्काल एमडीएमएस प्रणाली लागु गर्नुपर्ने माग गरेको हो ।




‘एमडीएमएस प्रणाली लागु नहुँदा अवैध कारोबार बढ्दो छ, यसलाई रोक्न सरकारले ध्यान देओस्, सरकारले त्यसका लागि तत्काल एमडीएमएस प्रणाली लागु गर्नुपर्छ,’ महासंघका अध्यक्ष भरत भट्टराईले महाधिवेशन उद्घाटनमा भने ।

ग्रे फोन अर्थात् भन्सार छलीबाट भित्रिएका मोबाइलले नेपालको व्यवसाय मारमा परेको र देशको राजस्व समेत गुमेको उनको भनाइ छ ।




‘भन्सार छलेर भित्रने मोबाइलले बजार बिगारेको छ, त्यसले गर्दा देशको राजस्वमा वार्षिक अर्बौं रुपैयाँ घाटा भइरहेको छ, ग्रे फोनको बढ्दो कारोबार तत्काल नरोक्ने हो भने अवस्था झन बिग्रने खतरा छ,’ भट्टराईले भने ।

महाधिवेशन मार्फत महासंघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुँदैछ ।

महाधिवेशनका लागि ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एप्पलले अहिलेसम्मकै सबैभन्दा पातलो आइफोन लञ्च गरेको छ । मंगलबार आफ्नो विशेष वार्षिक समारोहमार्फत् एप्पलले जम्मा ५.६ मिलिमिटर मोटो आइफोन एयर सार्वजनिक गरेको हो । त्यसक्रममा एप्पलका सिइओ टिम कुकले आइफोन एयरलाई आइफोन प्रविधिमा अहिलेसम्मकै ठूलो फड्को रहेको र यो गेमचेन्जर स्मार्टफोन भएको बताएका छन् । आइफोन एयरमा ६.५ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले छ, जसमा ...
: सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश ...
: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको छ। मन्त्रालयले दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरेर दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्न निर्देशन दिएको हो। सर्वोच्च अदालतको परमादेश र यसअघि सरकारको निर्णय बमोजिम त्यस्ता सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय बनाउन निर्देशन दिइएको हो। 'सम्मानित सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा ...
: गुगललाई अमेरिकी अदालतबाट ठुलो राहत मिलेको छ। योसँगै अब कम्पनीले क्रोम ब्राउजर बेच्नु पर्नेछैन। अदालतले अमेरिकी न्याय विभागको अपिल खारेज गरेको छ। यसमा गुगलले आफ्नो क्रोम ब्राउजर बेच्नुपर्ने भनिएको थियो। डीसी जिल्ला अदालतका न्यायाधीश अमित मेहताले यो आदेश दिएका हुन्। अदालतले आफ्नो फैसलामा अनलाइन खोजमा प्रतिस्पर्धालाई बढवा दिन गुगलले आफ्ना प्रतिद्वन्द्वी प्राविधिक ...
: सरकारको निर्णयसँगै चिनियाँ एप वी च्याट पनि बन्द हुने भएको छ। नेपालमा दर्ता नगरेपछि फेसबुक, ट्वीटरसहित चिनियाँ एप वी च्याट पनि बन्द हुने भएको हो। सरकारले तोकिएको समयसीमा भित्र दर्ता नभएका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले २६ वटा सामाजिक सञ्जालालई निष्क्रिय बनाउन दूरसञ्चार ...