मुख्य समाचार
यू-१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा
यू-१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा

। राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको संयुक्त आयोजनामा हुने यू-१५ विद्यालयक खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।

पहिलो पटक हुन लागेको यू-१५ विद्यालय खेलकुद प्रतियोगिगता यही जेड ३० र ३१ गते पोखरामा आयोजना हुँदैछ ।

मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । ‘विद्यालय बाटै खेलकुदको विकास गर्ने लक्ष्यसहित पहिलो पटक यू१५ विद्यालयक खेलकुद हुन लागेको छ ।

यसको सबै तयारी पूरा भएको छ । ब्याडमिन्टनको इभेन्टहरु आजै देखि सुरु भइसकेको छ ।’ सहआयोजक समेत रहेका प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव शर्माले पत्रकार सम्मेलनमा भने ।

प्रतियोगितामा सातवटै प्रदेशका खेलाडी सहभागि हुनेछन् । जसमा हरेक प्रदेशबाट कूल ७६ खेलाडी, ८ प्रशिक्षक र ६ व्यवस्थापक गरी ९० जना सहभागि हुनेछन् । कूल ६३० जना सहभागि हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभिन्न ६ खेलहरु समावेश गरिएका छन् । जसअन्तर्गत एथ्लेटिक्स, बास्केटबल, रग्वी, ब्याडमिन्टन, टेबल टेनिस र चेसमा प्रतिस्पर्धा हुनेछ । ६ वटै खेलको छात्र र छात्र दुवैमा प्रतिस्पर्धा हुनेछ ।

पहिलो पटक भएको ६ खेललाई मात्र समावेश गरिएको र आगामी वर्षहरुमा यसलाई बढाउदै लैजाने शर्माले जानकार दिए ।

यस्तै प्रतियोगिता आयोजक कमिटीका सदस्य राज कुमार कार्कीले ओलम्पिकमा खेलिने खेल र विद्यालयमा स्तरमा पनि खेलिने खेल र राष्ट्रपति रनिङ शिल्डमा समावेश खेल बाहेक अन्य खेलललाई पनि प्रबर्धन गर्नुपर्ने भएकोले अहिले ६ खेल छनोट गरिएको बताए । ‘फादर अफ स्पोर्ट्स एथ्लेटिक्स मुख्य खेल भएकोले समावेश गर्नुपर्‍यो ।

ओलम्पिकमा समावेश हुने गेमहरु, राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका बाहेक अरु खेललाई पनि आयोजना गर्नुपर्छ भन्ने योजना अनुसार अहिले हामीले छलफल गरेर नै ६ खेल राखेका हौँ ।’

नेपाल विद्यालयक खेलकुद महासंघका महासचिव समेत रहेका कार्कीले स्कुल स्तर देखि नै खेलकुद प्रतियोगिता आयोजना गर्दा खेलकुदको जग बलियो र यहीँबाट भविष्यमा ओलम्पियन जन्मने आशा व्यक्त गरे ।

एथ्लेटिक्समा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० सय मिटर, सटपुट, लङजम्प र ४ गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी पाँच-पाँच इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

बास्केटलबल र रग्वीमा छात्र र छात्राको टिम इभेन्टमा खेल हुनेछ । यस्तै बुद्धिचालमा पनि टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

एथ्लेटिक्समा छात्र र छात्रा दुवैमा ६-६, ब्याडमिन्टनमा र टेबलटेनिसमा छात्र र छात्रा ४-४, बुद्धिचालमा ४ खेलाडी सहभागि हुनेछन् । यस्तै रग्वीमा र बास्केटबलमा छात्र र छात्रामा १०-१० खेलाडी सहभागि हुनेछन् ।

रग्वी र बास्केटबलमा समान २ तथा बाँकी चार खेलमा समान १ प्रशिक्षक हुनेछन् ।

प्रतियोगिता अन्तर्गत सबै खेलहरु पोखरा रंगशालामा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन बुधबार दिउँसो ३ बजे हुने प्रदेश परिषद गण्डकीका सदस्य सचिव शर्माले जानकारी दिए ।

प्रतियोगिताको लागि कूल १ करोड ८२ लाख बजेट छुट्याइएको छ । जसमा १ करोड ५० लाख राष्ट्रिय खेलकुद परिषद र ३२ लाख प्रदेश खेलकुद परिषद गण्डकीले बेहवर्ने शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...
: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो एकदिवसीय वरीयतामाभारतीय स्टार क्रिकेटर विराट कोहली दोस्रो स्थानमा उक्लिएका छन्। यसअघि उनी चौथो स्थानमा रहेका थिए। आईसीसीले बुधबार सबै ढाँचाका लागि पछिल्लो वरीयता जारी गर्‍यो। रोहित शर्मा ७८१ अंकका साथ एकदिवसीयमा शीर्ष स्थानमा कायमै छन् भने विराट कोहलीको ७७३ अंकसहित दोस्रो स्थानमा छन्। यी दुई बाहेक कप्तान शुभमन गिल ७२३ ...
— धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा क्रिकेट रंगशाला निर्माण गर्दा लागेको ऋण रकम भुक्तानीका विषयमा मंगलबार भरतपुर महानगरपालिकाको टोलीले काठमाडौंमा खेलकुद मन्त्री बब्लु गुप्तासँग छलफल गरेको छ । फाउन्डेसन र महानगरबीच २०७५ माघ १६ मा भएको सहमतिअनुसार रामपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको निर्माण सुरू भएको थियो । फाउन्डेसनले आर्थिक स्रोत जुटाएर महानगरले उपलब्ध गराएको जग्गामा रंगशाला बनाउने ...