मुख्य समाचार
प्रभास स्टारर साइन्स फिक्सन फिल्म ‘कल्की २८९८ एडी’को ट्रेलर सार्वजनिक
प्रभास स्टारर साइन्स फिक्सन फिल्म ‘कल्की २८९८ एडी’को ट्रेलर सार्वजनिक

। प्रभास स्टारर प्रतिक्षित भारतीय फिल्म ‘कल्की २८९८ एडी’को ट्रेलर सार्वजनिक भएको छ । नाग अश्विन निर्देशित फिल्मलाई भीएफएक्सले भरिपूर्ण बनाइएको छ ।

भिजुअल इफेक्टको अत्यधिक प्रयोग ट्रेलरमा प्रस्ट देखिन्छ । फिल्ममा दीपिका पादुकोण पदमा नामकी गर्भवती महिलाको भूमिकामा छिन्, जो आफ्नो बच्चालाई बचाउन संघर्ष गरिरहेको देखिन्छ ।




अन्धकार र उज्यालोको संघर्ष देखाइएको कथामा भैरवको रूपमा प्रभास देखिएका छन् । अभिनेता शाश्वत चटर्जीले कमाण्डर मानसको भूमिका निर्वाह गरेका छन्, जो अन्धकारको संसारको राजा हुन् ।

कमाण्डर मानसका अनुसार भैरवले पदमासँग लड्ने कि उनलाई सहयोग गर्ने, ट्रेलरमा देखाइएको कथा यही हो । ट्रेलरमा प्रभासको क्यारेक्टर निकै बलियो देखाइएको छ, यद्यपि उनको हास्यास्पद संवादले दर्शकलाई कहिलेकाहीँ अलमलमा पार्न सक्छ ।




अन्धकार र उज्यालोको लडाई

ट्रेलर संसारको अन्तिम सहर काशीबाट सुरु हुन्छ, जहाँ बसोबास गर्ने मानिसको अवस्था नाजुक छ । ट्रेलरले एउटा अनौठो संसार देखाउँछ जहाँ सबैले सर्वोच्च यास्किनको पूजा गर्छन् । यस संसारको सेनापति मानस हो, जसले अन्धकारलाई कायम राख्न चाहन्छ । यसैबीच, तिनीहरूले ६००० वर्ष पुरानो चीज भेट्टाउँछन्, जुन तिनीहरूको संसारमा प्रकाश आउन लागेको संकेत हो । उज्यालो भनेको अन्धकारको संसारको लागि खतरा हो । यसैबीच, गर्भवती पदमा ट्रेलरमा प्रवेश गर्छिन् ।

ट्रेलरमा अश्वस्थामा अर्थात् अमिताभ बच्चनलाई कथा बुझाउन राखिएको छ, जसलाई हरेक पात्रको सत्यता थाहा छ । उनले पदमाले आफ्नो गर्भमा भगवानलाई स्थान दिएको बताए । कमाण्डर मानसले पदमालाई खतरा मान्छन् र सबैभन्दा शक्तिशाली भैरवलाई पठाउँछन्, जसले कहिल्यै युद्ध हारेका थिएनन् । युद्धमा भैरवले अश्वस्थामाको सामना गर्नेछन् । युद्ध कसले जित्छ त्यो फिल्म हेरेपछि मात्रै थाहा हुन्छ ।

फिल्ममा कमल हसनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएका छन्, यद्यपि उनको लुक भने सार्वजनिक गरिएको छैन । ट्रेलरको अन्त्यमा उनी नयाँ युग आउँदैछ भनेर मात्र देखाइएको छ ।



‘कल्की २९८९ एडी’को ट्रेलर कस्तो छ ?

ट्रेलर हलिउडको फिल्म फ्रेन्चाइज म्याड म्याक्स जस्तै देखिन्छ । ट्रेलर भीएफएक्सले भरिएको छ । यस्तै डार्क थिम प्रभासको अघिल्लो फिल्म ‘सलार’मा पनि देखाइएको छ । ट्रेलरमा धेरै क्यारेक्टर एकसाथ देखाइएको छ, जसलाई केही मिनेटको ट्रेलरमा बुझ्न निकै गाह्रो छ । पदमाको भूमिका निर्वाह गरेकी दीपिका पादुकोणले ट्रेलरमा कम स्थान पाएकी छिन् ।

फिल्मको विषयवस्तु पनि प्रश्नले घेरिएको छ । फिल्ममा एकातिर पौराणिक पात्रसँग जोडिएको छ भने अर्कोतिर उन्नत प्रविधि र ग्याजेटलाई स्थान दिइएको छ । ट्रेलरमा दिशा पटानीको पनि छोटो दोस्रो भूमिका छ, जो एक्सन गरिरहेको देखिएकी छिन् ।

जुन २७ (असार १३)मा रिलिज

प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हसन स्टारर फिल्म असार १३ गते (जुन २७)मा रिलिज हुँदैछ । अमिताभ बच्चन अश्वस्थामाको भूमिकामा देखिनेछन् भने प्रभास भैरवको भूमिकामा छन् ।

फिल्मलाई साउथका चर्चित निर्देशक नाग अश्विनले निर्देशन गरेका हुन् । यो एक साइन्स फिक्सन फिल्म हो, जसलाई पौराणिक कथासँग जोडेर निर्माण गरिएको हो । फिल्म हिन्दीका साथै तमिल, तेलुगु, मलयालम, कन्नड र अंग्रेजी भाषामा पनि रिलिज हुनेछ । यो फिल्म ६०० करोडको बजेटमा बनेको छ । यो बजेटसँगै यो भारतकै सबैभन्दा महँगो फिल्म पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...