पेप ग्वार्डियोला किन अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक हुन् ?
पेप ग्वार्डियोला किन अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक हुन् ?

म्यान सिटीलाई लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जिताइसकेपछि धेरै आलोचक समेतले पेप ग्वार्डियोलालाई अहिलेसम्मकै उत्कृष्ट फुटबल प्रशिक्षक मान्न थालेका छन् ।लगभग १५ वर्षको प्रशिक्षण इतिहासमा ग्वार्डियोलाले त्यो सफलता प्रप्त गरिसकेका छन् जुन उत्कृष्ट म्यानेजरहरूले जीवनभरि पनि हासिल गर्न सक्दैनन् ।

अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक र उनीहरूले पाएका ट्रफीहरूको तुलना गरौं । सबैभन्दा बढी उपाधि जित्ने प्र्रशिक्षकहरूमा म्यान युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन अग्रपंक्तिमा आउँछन् । उनले आफ्नो ३२ वर्षको प्रशिक्षण पेशामा म्यान युनाइटेडमा ३७ प्रमुख उपाधि र स्कटल्याण्डको यबर्डिनमा १० उपाधि गरेर जम्मा ४७ उपाधि जितेका छन् ।




यो पंक्तिमा पेप ग्वार्डियोला दोस्रो नम्बरमा आउँछन् । उनले हालसम्म ३९ प्रमुख उपाधिहरू जितिसकेका छन् । त्यसपछि तेस्रोमा रोमानियन मिर्सिया लुसिस्क्यू आउँछन् जसले डाइनामो केभ, साख्तर डोनेस्क जस्ता क्लबहरूमा प्रशिक्षण गरेर हालसम्म ३२ उपाधि जितिसकेका छन् । चौथो नम्बरमा भ्यालरी लोभानोभ्स्की, पाँचौंमा जक स्टिन छन् ।

पेप ग्वार्डियोलाका लागि यही हिसाबले जाने हो भने पहिलो नम्बरमा पुग्न केवल केही वर्ष भए पुग्छ । उनी अरू म्यानेजरको जस्तो कामबाट बर्खास्त कहिल्यै भएका छैनन् ।




एलेक्स फर्गुसनले गर्व गर्ने ट्रेबल (एकै वर्षमा लिगको उत्कृष्ट तीन उपाधि) उपाधि उनले अहिलेसम्म दुई पटक (एक बार्सिलोनाबाट र एक म्यान सिटीबाट) जितिसकेका छन् । योभन्दा उत्कृष्ट उपलब्धि त पेपले अहिलेसम्म कसैले चार पटक लगातार प्रिमियर लिग जित्न सकेका थिएनन् । उनले त्यो उपलब्धि जितेर देखाइदिएका छन् ।

सबैभन्दा उत्कृष्ट मानिएको च्याम्पियन्स लिगमा भने कार्लो यान्सेलोटीले पेपको भन्दा एक उपाधि बढी जितेका छन् तर २९ वर्ष भन्दा लामो प्रशिक्षण पेशामा यान्सेलोटीले जम्मा ६ पटक मात्र लिगको उपाधि जित्न सफल भएका छन् । यो पेपको भन्दा निकै कम उपाधि हो ।

एक समयमा प्रिमियर लिगमा त्यस समयका उत्कृष्ट म्यानेजरहरू विभिन्न उत्कृष्ट क्लबहरूमा थिए । त्यस सिजनमा जोसे मोरिन्हो, योर्गन क्लप, कार्लो यान्सेलोटी, पोचेटिन्हो एकै लिगमा एकै उपाधिका लागि प्रतिस्पर्धामा थिए । त्यस समयमा पनि उनले अरू म्यानेजरहरूलाई सहजै परास्त गरिदिएका थिए । ती प्रशिक्षकहरू कोही कामबाट बर्खास्त भए कोहीले छोडेर गए । पेपलाई भने म्यान सिटीले आफ्नो क्लबमा राख्न अनेक तिगडम गरिरहेको छ ।

पेपले प्रिमियर लिगको स्तर उकासिदिएका छन् । उनी आउनुपूर्व लिग ८२ देखि ९० प्वाइन्ट भए जितिने गरिन्थ्यो । उनी आएपछि उनले कसैले ल्याउन नसकेको १०० प्वाइन्ट ल्याइदिएका छन् । यो अर्को उत्कृष्टता हो ।

त्यस्तै अरू म्यानेजर कसैले लिगको ४ वटै घरेलु उपाधि जित्न सकेका थिएनन् । सर एलेक्स फर्गुसन बेलायतमा ४ वटै घरेलु उपाधि एकै सिजनमा जित्न सकिन्न भन्थे । पेपले काराबाव कप, प्रिमियर लिग, यफ ए कप र कम्युनिटी शिल्ड एकै सिजन जितेर अर्को कीर्तिमान बनाएका छन् ।

ग्वार्डियोलाको फुटबल पिकासोको चित्र (पेन्टिङ) सँग तुलना गर्न सकिन्छ । बिथोबनको संगीतसँग तुलना गर्न सकिन्छ । मेसीको फुटबलसँग तुलना गर्न सकिन्छ
के ट्रफीमा मात्र उत्कृष्टता मापन गर्न सकिन्छ ? सकिन्न । तर यहाँ पेप झनै अरूभन्दा बढी उत्कृष्ट छन् । उनले खेलाएको खेलको शैलीले आजको फुटबल खेल जरैदेखि प्रभावित बनाएको छ । फल्स नाइन, इन्भर्टेड फुल ब्याक, सेन्टर ब्याक र किपरहरूले पनि बल खेलाउन सक्ने सीपको विकास सबै पेप ग्वार्डियोलाद्वारा प्रख्यात बनाइदिएका शैलीहरू हुन् । यही शैलीमा आज प्रायः विश्वका प्रमुख क्लब र देशहरू खेल्ने गर्छन् ।

नेपाल जस्तो देशमा पनि यसको प्रभाव छ । उत्कृष्ट मानिएका अरू म्यानेजरहरू पनि आफैं प्रेस कन्फरेन्समा भन्ने गर्छन्– म पेपलाई कपी गर्न खोजिरहेको हुन्छु । हुन पनि अन्य क्लबका उत्कृष्ट म्यानेजरहरू पेपले सिकाएको शैलीमा आफ्ना खेलाडीहरूलाई खेलाउने गर्छन् ।

पेपका सहायकहरू आज उत्कृष्ट क्लबहरूमा प्रशिक्षण दिइरहेका छन् । मिकेल आर्टेटा, इन्जो मरेस्का, भिन्सेन्ट कम्पनी, टेन ह्याग, जाभी अलन्सो, जाभी हर्नान्डेज केही उदाहरण हुन् । यस्तो लाग्छ क्लबहरू पेपका सहायकहरू खोजी–खोजी आफ्नो क्लबको प्रशिक्षक बनाइरहेका छन् ।

योर्गन क्लप, कोन्टे, पस्टेग्लू, आर्टेटा आदि जस्ता उम्दा प्रशिक्षहरू समेत पेपलाई अहिलेको उत्कृष्ट प्रशिक्षक मान्छन् ।

पेपले हरेक दिन अभ्यासको क्रममा खेलाडीहरूबाट खोज्ने लगाव (कमिट्मेन्ट) उनी उत्कृष्ट हुनुको एक कारण हो । उनी पर्फेक्सनिस्ट छन् । आफैं सिन धेरै मिहिनेत गर्छन् ।

उनले आजको फुटबलमा शारीरिक सुगठन (फिजिकिलाटी)को महत्व घटाइदिएका छन् । आजकल खेलाडीहरूको शरीर भन्दा पनि खेलको स्तरमा मापन गरिन्छ । आजकल खेलाडीको सोचको बढी मूल्याङ्कन हुने गर्छ । उनको उत्कृष्टताको मापन उनलाई दिइएको आशामा पनि छ ।

सिटीले कुनै वर्ष लिग जितेन भने त्यो उसको असफलता हुन्छ । योर्गन क्लप जो लिभरपुलका उत्कृष्ट म्यानेजर हुन् उनले एक लिग कम जिते भने पनि उनलाई सफलता मान्ने गर्छन् फुटबल पण्डितहरू (ग्यारी नेभिल लगायत) ।

पहिलो र दोस्रो उत्कृष्ट म्यानेजरमा गरिने आशाको मापनले पनि उनको उत्कृष्टता जनाउँछ । हरेक दिन र हरेक खेल जित्नुपर्ने दबाबमा बाँचेका छन् पेप ग्वार्डियोला ।

पेप उनका समकालीन म्यानेजरभन्दा एक टाउको माथि छन् । भनिन्छ ‘नि हेड एण्ड सोल्डर यभोव ।’

फुटबल पेप भन्दा ४/५ महिना पछाडि छ । पेप आज जे सोच्छन् अरू राम्रा म्यानेजरहरू ५/६ महिना पछि उनले सोचेको नक्कल गरिरहेका हुन्छन् ।



अहिले माइकल आर्टेटा र अन्य म्यानेजरहरू पेपले छोडेर गए मात्र हामीले लिग उपाधि जित्न सकिन्छ भन्न थालेका छन् । यो पेपलाई दिएको सम्मान र उनको उत्कृष्टताको प्रमाण हो । उनी भइन्जेल अरूले उपाधि जित्न निकै कठिन छ ।

उनी हरेक सिजन केही न केही नयाँ शैली र सुधार (इम्प्रोभाइजेसन) लिएर आउँछन् । यो सिजन उनले जसरी गिभाडियोल जो सेन्टर ब्याक थिए उनलाई फुल ब्याकमा खेलाएर जुन किसिमको भित्री माल्दिनी निकाल्न सफल भएका छन् । यो हालसालै उनले गरेको अर्को इम्प्रोभाइजेसनको एक नमूना हो ।

उत्कृष्ट हुन लामो समय शिखरमा बसिरहन पनि सक्नुपर्छ । मेसी र रोनाल्डो त्यही भएर पनि रोनाल्डिन्हो, ब्राजिलका रोनाल्डो, फ्रान्सका जिदाने भन्दा उत्कृष्ट छन् ।

१७ वर्ष उत्कृष्ट भएर बसिरहनु । कहिल्यै कुनै क्लबले उनलाई बर्खास्त नगर्नु । सधैं उत्कृट क्लबमा रहिरहनु पनि ग्वार्डियोलाको अर्को उत्कृष्टता हो । होसे मोरिन्हो र कार्लाे यान्सेलेटीहरू धेरैचोटि कामबाट बर्खास्त भइसकेका छन् ।

म्यानेजरहरू र फुटबलका पण्डितहरू पेपले लिगलाई सजिलो फार्मस लिगमा परिणत गराइदिएका छन् भन्न थालेका छन् । उनीहरू गलत छैनन् । तर यो पनि सत्य हो कि सिटीलाई हरेक सिजन कुनै क्लब चाहे त्यो लिभरपुल होस् या आर्सनलले निकै कडा चुनौती दिइरहेका छन् । पेपलाई प्रायः सिजन उपाधि जित्न कठिन भएको थियो र छ ।

एक समय प्रिमियर लिगमा संसारकै उत्कृष्ट म्यानेजरहरू थिए । त्यस समयमा पनि पेप उत्कृष्ट नै थिए । अहिले ती मध्येका धेरै बर्खास्त भइसकेका छन् । उनी भने अझै यहीं छन् । उत्कृष्ट छन् ।

हो जित्न त जिते तर पेपले धेरै पैसा खर्च गरेका छन् ? हो । तर कसले गरेको छैन ? म्यान यूनाइटेड, चेल्सी र आर्सनलले गएको पाँच वर्षमा सिटी भन्दा बढी खर्च गरेका छन् ।

के उनी सानो क्लबमा गए भने यतिकै सफल हुन्छन् त ? हुन्छन् । यो आरोपको पनि उनले उत्तर दिइसकेका छन् । बार्साको बी टिमलाई म्यानेज गर्दा पनि उनले आफ्नो हुनर देखाइसकेका थिए । यो वर्ष पेप बर्नलीको म्यानेजर भएको भए उनले बर्नलीलाई पहिलो हाफमा सिजन सकाउने थिए ।

आइन्स्टाइन उत्कृष्ट थिएनन् किनभने उनले नेपालमा आएर आफ्नो हुनर देखाएका थिएनन् भन्न सकिन्छ र ? उत्कृष्ट प्रोफेसरले उत्कृष्ट विश्वविद्यालयमा गएर उत्कृष्ट विद्यार्थीलाई पढाउने हो । यो होइन कि उत्कृष्ट हुन प्रोफेसरले हाईस्कुलको विद्यार्थीलाई पढाएर उत्कृष्ट बनाएर देखाउनुपर्ने हो । उत्कृष्टले सधैं उत्कृष्ट स्थानमा गएर आफ्नो हुनर देखाउनुपर्छ । फरारी गाडी उत्कृष्ट बन्न के नेपालको सडकमा दौडेर देखाउनुपर्ने हो र ? फरारीलाई उसको आफ्नो हुनर देखाउन आफ्नै किसिमको सडक (ट्रयाक) चाहिन्छ ।

ग्वार्डियोलाको फुटबल पिकासोको चित्र (पेन्टिङ) सँग तुलना गर्न सकिन्छ । बिथोबनको संगीतसँग तुलना गर्न सकिन्छ । मेसीको फुटबलसँग तुलना गर्न सकिन्छ । हामी (विशेष गरेर म्यान सिटी र बार्सिलोनाका समर्थकहरू) भाग्यमानी छौं, हामीले पेपको फुटबल हरेक हप्ता हेर्न पाएका छौं ।

संसारमा फुटबल सबैभन्दा प्रख्यात र धेरैले खेलिने खेल भएका कारणले फुटबलमा उत्कृष्ट प्रशिक्षण हुनु भनेको सबै खेलहरूमध्ये उत्कृष्ट हुनु हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...