मुख्य समाचार
एमालेलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि संसद विघटन गरे : ओली
एमालेलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि संसद विघटन गरे : ओली

: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व समाप्त हुने देखेपछि आफूले संसद विघटन गरेको बताएका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा काठमाडौं जिल्लाको सातौं अधिवेशनमा बोल्दै उनले पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफूले संसद बिघटन गरेको बताए।


संसद विघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको उनको भनाइ छ। उनले आफू नेतृत्वको सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गरे। राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति मिलेर एमालेमाथि हमला गरेर कमजोर बनाउने प्रयास गरे पनि एमालेको कार्यकर्ता पंक्तिले पार्टीलाई बचाएको उनले बताए।

अध्यक्ष ओलीले एमालेबाहेक अरु कसैसँग देश विकासको स्पष्ट भिजन र नीति नरहेकाले मिसन ८४ नेपालको राजनीतिमा टर्निङ प्वाइन्ट हुने दाबी गरे। ओलीले आगामी निर्वाचनबाट काठमाडौं जिल्ला एमालेको किल्ला हुने दाबी गरे। उनले जिल्ला अधिवेशनमा नेतृत्व लिने नाममा पार्टी र संगठनलाई विभाजन गर्ने काम नगर्न निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सुडानमा नरसंहार, साढे २ वर्षयता ४० हजारभन्दा बढीको हत्या
बैतडीमा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, चालक फरार
अमेरिका-चीन सम्बन्ध: तनावको भूमध्यरेखामा शान्तिको ‘हटलाइन’
नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको छ
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान