मुख्य समाचार
विश्वकप छनोटमा सन्जिव र जिलेस्पीको गोल : अग्रता जोगाउन नसक्दा नेपालले यमनसँग अंक बाँड्यो
विश्वकप छनोटमा सन्जिव र जिलेस्पीको गोल : अग्रता जोगाउन नसक्दा नेपालले यमनसँग अंक बाँड्यो

। सन्जिव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा फिफा विश्वकप छनोट २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग २-२ को बराबरी खेलेको छ ।

समूह एच अन्तर्गत साउदी अरेबियाको दम्मानमा भएको खेलमा नेपालले सुरुमा गोल खाएपनि दुई गोल फर्काउँदै खेलमा अग्रता लिएको थियो । तर अन्तिम समयमा अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनुपरेको हो ।

नेपालका लागि सन्जिव र जिलेस्पीजंग दुवैले आफ्नो पहिलो गोल गरेका हुन् । यसै खेलबाट नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले नेपालका लागि एक सयौँ खेल खेल्ने ऐतिहासिक उपलब्धी समेत हात पारे । किरण नेपालका लागि सर्वाधिक क्याप जित्ने खेलाडी समेत हुन् ।

प्रिन्स मोहमद फहद स्टेडियममा खेलको आठौं मिनेटमै यमनलले अग्रता लिएको थियो । नासेर अल गाहवासीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा सन्जिव विष्टले नेपालका लागि बराबरी गोल फर्काए ।

जारी छनोटको दोस्रो चरणमा नेपालले छैटौं खेलमा आएर पहिलो गोल गरेको हो । यसअघि समूहको पाँचवटै खेलमा पराजित हुँदा नेपाल गोलविहिन थियो । छैटौं खेलमा सन्जिवले नेपालका लागि आफ्नो पहिलो गोल गर्दै गोलको खडेरी तोडेका थिए ।

पहिलो हाफ १-१ को बराबरीमा सकियो । ६६औं मिनेटमा जिलेस्पीजंग कार्कीले उत्कृष्ट गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका थिए । नेपाल जितनजिक पुगिरहेको बेला यमनले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍यायो । यमनका लागि मोहमेमद अल दाहीले बराबरी गोल गरेका थिए ।

यमनसँग बराबरी खेलेपछि समूह एचमा नेपालले १ अंक जोड्न सफल भएको छ । ६ खेलमा कूल २० गोल बेहोरेको नेपालले जम्मा दुई गोल गर्‍यो । यमनले भने ६ मध्ये १ खेल जित्दा २ खेल बराबरी खेल्यो भने ३ खेलमा पारजित भयो । यसअघि नेपालले घरेलु मैदानमा यमनसँग खेल्दा २-० ले पराजित भएको थियो । यस समूहबाट युएई र बहराइन शीर्ष दुईमा रहेर फिफा विश्वकप छनोटको तेस्रव चरण र एसियन कप २०२७ का लागि छनोट भइसकेका छन् ।

समूह एचमा शीर्ष दुईमा नपरेपछि नेपाल र यमन दुवै फिफा विश्वकप छनोटको यात्राबाट बाहिरिसकेका छन् । खब नेपाल र यमनले एसियन कप २०२७ का लागि तेस्रो चरणका छनोट खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...