मुख्य समाचार
न्यूजिल्याण्डलाई दोस्रो खेलमै विश्वकपबाट आउट हुने डर
न्यूजिल्याण्डलाई दोस्रो खेलमै विश्वकपबाट आउट हुने डर

। सन् २०१५ देखि न्यूजिल्याण्ड क्रिकेटका हरेक विश्वकपको सेमिफाइनलमा पुग्ने टिम हो । २०१५, २०१९ र २०२३ को एकदिवसीय तथा २०१६, २०२१ र २०२२ को टी–२० विश्वकपमा न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्यो । त्यसमध्ये तीन वटामा फाइनलमा पनि पुग्यो, तर कहिल्यै उपाधि जित्न सकेन ।

तर २०२४ को टी–२० विश्वकपमा भने जम्मा एक खेल खेल्दा नै प्रतियोगिताबाट बाहिरिने खतरा बढेको छ । पहिलो खेलमा अफगानिस्तानसँग ८४ रनको हार व्यहोरेको न्यूजिल्याण्डले भोलि बिहीबार विहान वेष्ट इण्डिजसँग खेल्दैछ, जुन खेल उसका लागि नकआउट जस्तै छ ।

वार्मअप म्याच खेल्न अस्वीकार गरेको अफगानिस्तानविरुद्ध न्यूजिल्याण्ड ब्याटिङका साथै फिल्डिङमा पनि कमजोर देखिएको थियो ।

वेष्ट इण्डिज पनि प्रतियोगिताको सुरुवातमा लडखडाएको जस्तो देखिएको थियो । पपुवा न्यूगिनीले दिएको १३७ रनको लक्ष्य भेट्टाउन उसलाई १९ ओभर लागेको थियो ।

तर अर्को खेलमा लयमा फर्कियो र युगाण्डालाई ३९ रनमा अलआउट गर्दै १३४ रनको जित निकाल्यो । अब न्यूजिल्याण्डलाई हरायो भने समूह सीबाट सुपर ८ मा पुग्ने पहिलो टिम बन्ने छ ।

वेष्टइण्डिजलाई थाहा छ कि यो प्रतियोगितामा अहिलेसम्मको सबभन्दा कठीन प्रतिस्पर्धी हुनेछ । तर कप्तान रोभम्यान पावेल भन्छन्, ‘यदि न्यूजिल्याण्डसँग खेल्ने कुनै सही समय छ भने त्यही अहिले हो ।’

यो खेलमा वेष्ट इण्डिजका रोष्टन चेज महत्वपूर्ण खेलाडी साबित हुन सक्छन् । हुन त उनले जम्मा १५ टी–२० आई खेलेका छन्, तर विश्वकपको लो स्कोरिङ पिच हेर्दा किफायती अफस्पिनका कारण उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

वर्ष २०२४ मा पाँच टी–२० म्याच खेलेका चेजले १५४.७८ को स्ट्राइक रेटमा १७८ रन बनाएका छन् र ५.९२ को इकोनोमीमा चार विकेट लिएका छन् ।

अफगानिस्तानविरुद्धको खेलमा न्यूजिल्याण्डको कमजोरी केन विलियम्सनको आउटमा भन्दा बढी राम्रोसँग अरुमा देखिन्न । राखिद खानको बललाई उनले सिधा स्लीपमा रहेका नाबीको हातमा दिएका थिए ।

पछिल्लो दुई टी–२० मा विश्वकप र यो विश्वकपको बीचमा उनले जम्मा ८ टी–२० खेलेका छन् । आईपीएल २०२४ मा गुजरात टाइटन्समा आवद्ध भएका उनले जम्मा २ खेलमा अवसर पाए । किनकी उनी पावर हिटिङ टी–२० ब्याट्सम्यान होइनन् ।

तर विश्वकपमा भने पिचका कारण न्यूजिल्याण्डको टिममा उनी महत्वपूर्ण हुनसक्छन् । भोलिको खेलमा वेष्ट इण्डिजले आफ्नो जितिरहेको टिमलाई निरन्तरता दिने सम्भावना छ ।

न्यूजिल्याण्डको टिममा भने केही परिर्वतन हुनसक्छ । मार्क च्यापम्यानको स्थानमा जेम्स निसम र म्याट ह्यानरीको स्थानमा इस सोढी खेल्ने सम्भावना छ ।

ट्रिनिडाडमा यो टी–२० विश्वकपको पहिलो खेल हो, किनकी २०१० को विश्वकपमा एउटा पनि खेल यहाँ भएन । त्यसैले भोलि वेष्ट इण्डिज र न्यूजिल्याण्डबीच हुने खेलमा घरेलु समर्थकको संख्या उल्लेख्य हुने अनुमान पनि छ ।

मौसम : भारी वर्षा भएका कारण बुधबार वेष्ट इण्डिज टिमले आफ्नो अभ्यास स्थगित गर्नुपर्‍यो भने न्यूजिल्याण्डले पनि कम गरेको थियो । तर खेलको दिन पानी पर्ने पूर्वानुमान छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु पर्‍यो ।
— च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ खेल जितेर उपाधि चुमेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले पराजित गरेको हो । नेपाली राष्ट्रिय टिमका कप्तान पनि रहेका रोहितले एनपीएल दोस्रो सिजनमा ...
— नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार उत्कृष्ट ब्याटरका रूपमा च्याम्पियन लुम्बिनी लायन्सका रोहित पौडेल चुनिएका छन् । उनले यो सिजनमा २७६ रन बनाएका छन् । यस्तै विराटनगर किंग्सका सन्दीप लामिछाने उत्कृष्ट बलर बने । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । उनको नेतृत्वमा विराटनगरले प्ले अफको यात्रा तय गरेको थियो । विराटनगर क्वालिफायर ...
— जिरोनाले स्पेनी ला लिगामा शुक्रबार रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ । जिरोनाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । यो जितमा दुवै गोल भिक्टर सेन्कोभले दोस्रो हाफमा गरे । रियल सोसिडाडले गोन्साले गुडेसको गोलले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् र घरमै पराजित भयो ...
— जर्मन बुंडेसलिगामा शुक्रबार युनियन बर्लिनले लाइपजिगलाई ३–१ ले पराजित गरेको छ । यो उपाधि होडमा रहेको लाइपजिगलाई ठूलो धक्का रहेको छ । हारले लाइपजिग २९ अंकमा दोस्रो स्थानमा रह्यो । यो शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँग आठ अंकको दूरी हो । अब एक खेल कम खेलेको बायर्नले यो अग्रतालाई अझ बढाउन सक्नेछ । बर्लिन आफै ...