मुख्य समाचार
बारम्बार असफल हुँदै श्रीलंकाली क्रिकेट
बारम्बार असफल हुँदै श्रीलंकाली क्रिकेट

। टी-ट्वान्टी विश्वकप २०२४ खेल्न अमेरिका पुगेको श्रीलंकाली क्रिकेट टिमले सुरुमै आफूलाई दिइएको सुविधालाई लिएर गुनासो पोखेको थियो । श्रीलंकाली टिमलाई बसोबास र यात्रामै चित्त बुझेको थिएन । अब त्यही टिमलाई आफ्नै खेलमा गुनासो हुन थालेको छ ।

भयो के भन्दा यस विश्वकपको समूह ‘डी’ मा श्रीलंकाको तीन खेलबाट एकै अंक मात्र छ । त्यो भनेको श्रीलंकाले एकै खेल पनि जितेको छैन । यो एक अंक पनि नेपालविरुद्धको खेल वर्षाले बिथोलिएपछि प्राप्त भएको हो ।

कुनै ठुलो नाटकीय नतिजाको शृंखला भएन भने श्रीलंका प्रतियोगिताबाट बाहिरिएको सरह नै हो । गणितीय सम्भावना कायम रहेकै कारण श्रीलंका अब घर फर्किन्छ भन्न नसकिएको हो ।

समूह ‘डी’ बाट दक्षिण अफ्रिका यसअघि नै सुपर-८ पुगिसकेको छ । उसले लगातार तीन खेल जितेको छ । त्यसैले उसको अधिकतम ६ अंक छ । अब यो समूहबाट एउटै टिमको मात्र सम्भावना बाँकी छ । त्यो टिम श्रीलंका हुने सम्भावना निकै कमजोर छ ।

श्रीलंकाको अन्तिम खेल नेदरल्यान्ड्सविरुद्ध छ । दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा श्रीलंका नमिठोसँग पराजित रह्यो । यस्तोमा अब प्रश्न उठेको छ, श्रीलंकाली क्रिकेट बारम्बार किन असफल हुन थालेको छ त ?

यसै विश्वकपलाई मात्र केन्द्रित भएर भन्ने हो भने यसका स्पष्ट तीन कारण छन् । पहिलो कारण हो, नितान्त असफल ब्याटिङ । श्रीलंकाली ब्याटरले राम्रो गर्न सकेका छैनन् । दक्षिण अफ्रिकाविरुद्धको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंका ७७ रनमै अलआउट भएको थियो ।

त्यसपछि बंगलादेशविरुद्ध पनि पहिले ब्याटिङ गर्दै १२४ रन मात्रै बनाउन सक्यो । नेपालविरुद्ध त अवसर नै बनेन ।

अब दोस्रो कारण, श्रीलंकाली टिम आफ्नो इनिङ्सको बीच भागमा धोका खान्छ । ठीकठाकको सुरुआतलाई श्रीलंकाले ठुलो स्कोरमा बदल्न सकेकै छैन ।

यही कुरा बलिङमा पनि लागू हुन्छ । दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध श्रीलंकाली बलरले चाहिएको बेला विकेट नै लिन सकेनन्, त्यो पनि विशेषतः बीच भागमा ।

अब रह्यो तेस्रो कारण । यो हो,अनुभवी खेलाडीको सबैभन्दा बढी खराब प्रदर्शन । अझ भनौं, जति अनुभवी खेलाडीमाथि विश्वास गरिएको थियो, ती सबै फिक्का रहे ।

श्रीलंकासँग एन्जेलो म्याथ्युज, कुशल मेन्डिस, दसुन सनकादेखि कप्तान वानिन्दु हसरंगा जस्ता खेलाडी नभएका पनि होइनन् । तर, तिनको नाम मात्रले खेल्न सकेनन् ।

यी त भए, तात्कालीन कारण । मूल कारण के हो त ? खासमा श्रीलंकाली क्रिकेट बोर्ड, श्रीलंकाली घरेलु त्रिकेट सबथोक खराब छ, बदनाम छ ।

श्रीलंकाली क्रिकेट बोर्ड लामो समयदेखि विवादमै अल्झिरहेको छ । त्यसमाथि सरकारी हस्तक्षेप पनि भइरहन्छ । बोर्डमा शक्तिको राजनीति खुबै हुन्छ ।

सबैभन्दा ठुलो समस्या त बोर्डभित्रको आर्थिक अनियमितता मानिन्छ । अब यस्तो बोर्डले घरेलु क्रिकेट ढंगले चलाउन सक्ने भएन नै ।

दशक जति अगाडिसम्म श्रीलंकाली टिम खुबै बलियो थियो । टिममा महेला जयवर्द्धने र कुमार संगकरा जस्ता खेलाडी थिए । अहिले उनीहरूको छेउछाउ पुग्ने खेलाडी छैनन्, श्रीलंकाली क्रिकेट टिममा ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु पर्‍यो ।
— च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ खेल जितेर उपाधि चुमेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले पराजित गरेको हो । नेपाली राष्ट्रिय टिमका कप्तान पनि रहेका रोहितले एनपीएल दोस्रो सिजनमा ...
— नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार उत्कृष्ट ब्याटरका रूपमा च्याम्पियन लुम्बिनी लायन्सका रोहित पौडेल चुनिएका छन् । उनले यो सिजनमा २७६ रन बनाएका छन् । यस्तै विराटनगर किंग्सका सन्दीप लामिछाने उत्कृष्ट बलर बने । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । उनको नेतृत्वमा विराटनगरले प्ले अफको यात्रा तय गरेको थियो । विराटनगर क्वालिफायर ...
— जिरोनाले स्पेनी ला लिगामा शुक्रबार रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ । जिरोनाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । यो जितमा दुवै गोल भिक्टर सेन्कोभले दोस्रो हाफमा गरे । रियल सोसिडाडले गोन्साले गुडेसको गोलले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् र घरमै पराजित भयो ...
— जर्मन बुंडेसलिगामा शुक्रबार युनियन बर्लिनले लाइपजिगलाई ३–१ ले पराजित गरेको छ । यो उपाधि होडमा रहेको लाइपजिगलाई ठूलो धक्का रहेको छ । हारले लाइपजिग २९ अंकमा दोस्रो स्थानमा रह्यो । यो शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँग आठ अंकको दूरी हो । अब एक खेल कम खेलेको बायर्नले यो अग्रतालाई अझ बढाउन सक्नेछ । बर्लिन आफै ...