मुख्य समाचार
युरो २०२४ शुक्रबारदेखि, थाहा पाउनुहोस् यी तथ्य
युरो २०२४ शुक्रबारदेखि, थाहा पाउनुहोस् यी तथ्य

। फिफा विश्वकपपछि सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अर्थात् मिनी विश्वकपको रुपमा लिइने युईएफए युरो २०२४ भोलि शुक्रबारदेखि सुरु हुँदैछ ।

युरोको १७औं संस्करण जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुँदैछ । अघिल्लो संस्करण युरो कपको विभिन्न ११ देशको ११ सहरमा आयोजना भएको थियो । तर यसपटक युरोकप एकै देशमा मात्र आयोजना हुन लागेको छ ।

युरो २०२४ मा युरोपका उत्कृष्ट २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको पहिलो खेल आयोजक जर्मनी र स्कटल्याण्डबीच शुक्रबार नेपाली समय अनुसार मध्यराति १२:४५ बजे सुरु हुनेछ ।

तेस्रो पटक जर्मनी आयोजक

युरो जर्मनीमा हुन लागेको यो तेस्रो पटक हो भने एकीकृत जर्मनी भएपछि दोस्रो पटक हुन लागेको हो । यसअघि सन् १९८८ मा पहिलो पटक पश्चिम जर्मनीमा भएको थियो भने २०२० को संस्करण युरोकपको ११ देशमा युरोका खेल हुँदा जर्मनीको म्युनिखमा चार खेल भएको थियो । सन् २००६ मा जर्मनीले एक्लै पिफा विश्वकप समेत आयोजना गरेको थियो ।

जर्मनीले टर्कीलाई पछि पार्दै आयोजनाको अधिकार पाएको थियो ।

सन् १९६० मा सुरु भएको युरो हरेक चार वर्षमा हुँदै आएको छ । कोभिड १९का कारण २०२० मा हुनुपर्ने प्रतियोगिता एक वर्ष ढिला २०२१ मा भएको थियो । अहिले प्रतियोगिता फेरि युरो चार वर्षे साइकलमा फर्किएको छ ।

युरो कपको ओपनिङ र फाइनल कहाँ हुन्छ ?

युरो कपको उद्घाटन खेल जुन १४ मा जर्मनीको म्युनिखमा हुँदैछ । जहाँ आयोजक जर्मनीले स्कटल्याण्डसँग खेल्नेछ ।

यस्तै युरोको समूह चरणको खेल जुन २६ सम्म सञ्चालन हुनेछ भने नकआउट चरणका खेलहरु जुन २९ देखि सुरु हुनेछ । प्रतियोगिताको फाइनल जुलाई १४ मा बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

चौथो पटक च्याम्पियन बन्ने जर्मनीको दाउ

तेस्रो पटक युरो आयोजना गर्न लागेको जर्मनीले स्पेनसँगै सर्वाधिक ३ पटक उपाधि जितेको छ । यस पटक घरेलु मैदानमा उपाधि जित्दै चौथो पटक च्याम्पियन बन्ने जर्मनीको दाउ छ ।

पश्चिम जर्मनी हुँदा १९७२ र १९८० र एकिकृत जर्मनी भएपछि १९९६ मा जर्मनीले युरो उपाधि जितेको थियो । तर पछिल्ला अन्तर्राष्ट्रिय नकआउट प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेको जर्मनीलाई उपाधि जित्न चुनौती पनि सँगसँगै छ ।

जर्मनीले युरो जित्न नसकेको २८ वर्ष भइसकेको छ । त्यसैले यस पटक घरेलु मैदानमै प्रतियोगिता हुँदा त्यस अवसरलाई सदुपयोग गर्ने जर्मनीको लक्ष्य छ ।

जर्जिया नयाँ टिम, चार टिमको पुनरागमन

यस पटक युरो २०२४ मा एक मात्र नयाँ टिम छ । जर्जियाले यसै संस्करणमार्फत युरोमा डेब्यु गर्दैछ । साविक विजेता इटलीसहित १९ टिम अघिल्लो संस्करण खेलेकै टिम छन् ।

यस्तै अल्वानिया, स्लोभेनिया, सर्विया र रोमानियाले पनि पुनरागमन गरेका छन् ।

सन् २०१६ मा डेब्यु गरेका अल्वानिया पछिल्लो पटक युरोमा छनोट भएको थिएन । पाँच पटक युरो खेलेको रोमिया पनि २०१६ पछि पहिलो पटक छनोट भएको हो । सर्विया र स्लोभेनिया सन् २००० पछि पहिलो पटक युरो खेल्दैछन् ।

यस पटक छनोट हुन नसकेका ठूला टिममा स्वीडेन, रुस र वेल्स हुन् । यस्तै एर्लिन हालान्ड र मार्टिन ओडेगार्ड जस्टा स्टार भएको नर्वे पनि छनोट हुन सकेनन् ।

युरो २०२४ समूह विभाजन

समूह ए : जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीट्जरल्याण्ड

समूह बी : स्पेन, क्रोएसिया, इटली, अल्वानिया

समूह सी : इंग्ल्याण्ड, डेनमार्क, सर्विया, स्लोभेनिया

समूह डी : फ्रान्स, नेदरल्याण्ड्स, पोल्याण्ड, अष्ट्रिया

समूह ई : बेल्जियम, स्लोभाकिया, रोमानिया, युक्रेन

समूह एफ : पोर्चुगल, टर्की, चेक रिपब्लिक, जर्जिया

प्रतियोगिताको ढाँचा

अघिल्लो संस्करण जस्तै यस पटक पनि युरोमा २४ राष्ट्रको सहभागिता रहनेछ । सन् २०१६ मा फ्रान्समा भएको युरोदेखि २४ टिमको सहभागिता हुन थालेको हो ।

सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर युरो खेलाइनेछ । हरेक समूहमा ४-४ टिम हुनेछन् ।

प्रतियोगिता लिग कम नकआउट शैलीमा खेलाइनेछ । प्रतियोगिताको उद्घाटन खेल म्युनख स्थित फुटबल एरेना म्युनिखमा हुनेछ ।

समूह चरणमा ६ समूहको गरी कूल ३६ खेल हुनेछन् । हरेक समूहको शीर्ष दुई टोली सिधै अन्तिम १६ मा प्रवेश गर्नेछन् ।

यस्तै तेस्रो हुने ६ मध्ये उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन् । अन्तिम १६ देखि फाइनलसम्म नकआउट चरणमा १५ खेल हुनेछ र युरोमा कूल ५१ खेल हुनेछ । फाइनल खेल ओलम्पिक स्टेडियम बर्लिनमा हुनेछ ।

दश स्टेडियममा हुनेछ खेल

यस पटक युरोका खेलहरु जर्मनीको विभिन्न १० सहरको १० स्टेडियममा खेलाइनेछ । हरेक स्टेडियमा सुविधा सम्पन्न र आकर्षक छन् । जर्मनीमा युईएफएको क्षमता धेरै भएका मैदान छन् । युरो कपका लागि कम्तीमा ३० हजार दर्शक क्षमता भएको स्टेडियमा हुनुपर्नेछ ।

जसमा युरो २०२४ का लागि दश भेन्यू तय गरिएको छ । त्यसमध्ये ९ भेन्यु २००६ को विश्वकपमा प्रयोग गरिएको थियो ।

युरो २०२४ खेलाइनेमध्ये डुसेलडोर्फ मात्र २००६ को विश्वकपमा प्रयोग गरिएको थिएन तर यो मैदान १९७४ को फिफा विश्वकप र १९९८ को युरोमा प्रयोग गरिएको थियो ।

डुसेलडोर्फ सहित बर्लिन, म्युनिख, डर्टमण्ड, स्टुटगार्ड, फ्रांकपर्ट, गेल्सेनकिरचेन, ह्यामवर्ग, कोलोन र लाइपजिगमा युरो २०२४ का खेलहरु सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...