मुख्य समाचार
लेबनानको भूमिबाट इजरायलमा रकेट आक्रमण
लेबनानको भूमिबाट इजरायलमा रकेट आक्रमण

। इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ । आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन ।

इजरायलले मंगलबार लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए । उनी इजरायल र हिजबुल्लाहबीच भएको आक्रमणबाट मारिएका हालसम्मका सबैभन्दा उच्च कमाण्डर भएको बीबीसीले जनाएको छ । त्यिसको प्रतिउत्तर स्वरुप इजरायलमाथि आक्रमण गरेको हिजबुल्लाहले जनाएको छ ।




हिजबुल्लाहले इजरायलका सैन्य इलाका र सैन्य बाहन बनाउने फ्याक्ट्रीलाई निशाना बनाइएको जनाएको छ । आक्रमणका कारण इजरायलका विभिन्न स्थानमा आगलागी भएको छ । आकाशमा अग्नि नियन्त्रक विमानहरु उडेको देखिन्छ ।

बीबीसीका अनुसार लेबनानको भूमिबाट इजरायलमा बुधबार रकेटको वर्षा भएको थियो । यो आक्रमणलाई गत वर्ष अक्टुबरदेखि इजरायल र हमासबीच गाजामा युद्ध सुरु भएपछि लेबनानको तर्फबाट इजरायलमा भएको यो सबैभन्दा ठूलो आक्रमण भनिएको छ । लेबनानले आक्रमण गरेपछि खतराको संकेत स्वरुप साइरन बजाइएको थियो ।




इजरायली मिडिया संस्थान वाइनेट न्यूजका अनुसार लेबनाबाट प्रहार गरिएका रकेट इजरायललाई पार गरेर साफेद शहर र तिबेरियाज क्षेत्रसम्म पुगेको जनाएको छ । इजरायली सेनाले प्रतिरक्षा प्रणालीमार्फत् अधिकांश रकेटलाई आकासमै ध्वस्त पारिएको जनाएको छ ।

हिजबुल्लाहका एक कमाण्डरले आफ्ना लडाकुहरुलाई सम्बोधन गर्दै कमाण्डर अब्दुल्लाहको हत्याको प्रतिक्रिया स्वरुप इजरायलमा आक्रमणलाई अझै तीव्रता दिने बताएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। नर्वेजियन नोबेल समितिले मारिया कोरीना माचाडोले ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको उल्लेख गरेको छ । शुक्रबार ओस्लोमा आयोजित एक समारोहमा पुरस्कारको घोषणा गर्दै, समितिले माचाडोको ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि संघर्ष’ को प्रशंसा गर्‍यो। एक्समा गरिएको एक ...
। गाजामा मारिएका बन्दीहरूको शव पत्ता लगाउन विभिन्न देशका प्रतिनिधि संलग्न कार्यदल गठन हुने भएको छ । गाजा युद्धमा मारिएकाहरूको शव रहेको स्थान पत्ता लगाउन कठिनाइ पर्ने देखिएपछि अमेरिका, इजरायलसहितका देश सम्मिलित कार्यदल गठन गर्ने सहमति भएको हो । यस्तो कार्यदलमा इजरायल र गाजामा संघर्षरत हमासबीच युद्धविराम गराउन मध्यस्थता गरेका कतार, इजिप्ट र टर्कीका प्रतिनिधि समेत सामेल ...
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...