मुख्य समाचार
‘पुष्पा २’को रिलिज मिति पछि सर्‍यो
‘पुष्पा २’को रिलिज मिति पछि सर्‍यो

। ३१ साउनमा पुष्पराज र श्रीवल्लीबीचको जादुयी केमेस्ट्री हेर्न दर्शक अधैर्य भैरहेको बेला फिल्मको रिलिज स्थगित भएको चर्चा चलेको छ । हो, तपाईंले त्यो सही पढ्नुभयो ।

प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । तेलुगु ३६० को रिपोर्टअनुसार, सुकुमारको एक्सन फिल्मको रिलिज स्थगित गरिएको छ ।




सुकुमार र उनको टोलीले सिक्वेलका लागि केही दृश्य पुनः डिजाइन गरेका छन् जसको छायांकन अहिले चलिरहेको छ । यसबाहेक, फिल्ममा खलपात्रको भूमिका निर्वाह गर्ने अभिनेता फहद फासिलले हालैमात्र आफ्नो छायांकन मितिबारेबारे जानकारी पाए र अहिले सुटिङ गरिरहेका छन् ।

दृश्य सम्पादक कार्तिक श्रीनिवासले निर्माण छाडेकाले नवीन नुली फिल्मको फाइनल कटमा काम गरिरहेका छन् । यसैबीच, सुकुमार भिजुअल इफेक्टको कामबाट प्रभावित नभएको देखिन्छ, त्यसैले पोस्ट–प्रोडक्सनको काम पुरा गर्न धेरै समय लाग्न सक्छ ।




यी रिपोर्टलाई विचार गर्दा, ‘पुष्पा २’को रिलिज रोकिएको छ । यद्यपी यसबारे निर्देशक वा कलाकारले अहिलेसम्म कुनै पुष्टि गरेका छैनन् । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर ‘पुष्प २ ः द रुल’ सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा : द राइज’को दोस्रो सिक्वेल हो । यी दुबै फिल्मको निर्देशक सुकुमार हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...