मुख्य समाचार
भेगन जाम्बा सबैभन्दा उत्कृष्ट
भेगन जाम्बा सबैभन्दा उत्कृष्ट

। अहिलेसम्मको प्रदर्शनको आधारमा अस्ट्रेलिया टी–ट्वान्टी विश्वकप २०२४ मा उपाधिका लागि साँच्चै बलियो न बलियो दावेदार देखिएको छ । अनि अस्ट्रेलियालाई यति मजबुत बनाउन प्रमुख भुमिका खेल्ने खेलाडी हुन्, लेग स्पिनर एडम जाम्बा ।

अस्ट्रेलियाले आइतबार स्कटल्यान्डको सामना गर्दैछ र यो उसको लिग चरणको अन्तिम खेल हुनेछ । यो खेलअगाडि नै अस्ट्रेलिया सुपर–एट पनि पुगिसकेको छ । स्कटल्यान्डसामु जाम्बालाई आफ्नो प्रदर्शनमा अझ थप सुधार गर्ने अवसर बन्ने छ ।

नामिबियाविरुद्धको खेल अगाडि नै उनले एउटा कीर्तिमान आफ्नो नाममा लेखाए र यो थियो, अस्ट्रेलियाका लागि टी–ट्वान्टी विश्वकपमा सबैभन्दा बढी विकेट लिने खेलाडीको । सर भिभन रिचर्डस स्टेडियममा भएको खेलमा उनले १२ रन मात्र खर्चे र चार विकेट लिए ।

टी–ट्वान्टी विश्वकपका १७ खेलमा उनले ३१ विकेट लिएका छन् । यसक्रममा उनले माइकल स्टार्कलाई उछिनेका छन् । टी–ट्वान्टी विश्वकपमा उनको अहिलेसम्मको प्रदर्शन वास्तमवै अविश्वसनीय छ ।

उनले ११.९३ का औसतले विकेट लिएका छन् । अनि उनको इकोनोटी रेट रहेको छ, ५.९६ । अझ उनको यी खेलमा उत्कृष्ट प्रदर्शन भनेको १९ रनमा पाँच विकेट लिएको छ । यसै क्रममा उनी अस्ट्रेलियाका लागि टी–ट्वान्टी क्रिकेटमा सय विकेट लिने पहिलो बलर पनि बने । उनले यो सय विकेटका लागि ८३ खेल खेलेका छन् । पछिल्लो वान डे विश्वकपमा अस्ट्रेलियालाई च्याम्पियन बनाउन पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

अस्ट्रेलियाले सन् २०२१ मा टी–ट्वान्टी विश्वकपको उपाधि जित्दा पनि उनी टिमका एक सदस्य थिए । यस्तोमा भन्न के पनि सुरु भएको छ भने जाम्बा अस्ट्रेलियाका लागि ‘ह्वाइट बल’ क्रिकेटमा अहिलेसम्मकै एक उत्कृष्ट खेलाडीमध्ये एक हुन् । विशेषतः टी–ट्वान्टी क्रिकेटमा लेग स्पिनर केही महँगो सावित हुने गर्छन् । यी सबैका बावजुत पनि ३२ वर्षीय यी खेलाडीले जसरी खेलिरहेका छन्, त्यो आफैमा अब्बल दर्जाको रहेको छ ।

जाम्बाको व्यक्तित्वको एउटा ठूलो विशेषता हो, उनी भेगन हुन् । उनी आफूलाई भेगनका रूपमा प्रस्तुत गर्दा गर्व महसुस गर्छन् । शाकाहारी भन्दा पनि माथिको भयो, भेगन हुनु भनेको । यसमा पशुसँग जोडिएका केही पनि उत्पादन समेत उपयोग गरिन्न । यसले के खेलाडीको प्रदर्शनमा फरक पर्छ त ? जाम्बा भन्छन्, केही पनि फरक पर्दैन् । सन् २०१३ देखि उनी भेगन भएका हुन् । यसका लागि उनले उत्तिकै मिहिनेत पनि गर्नु पर्छ, आफ्नो खानाको व्यवस्था गर्न ।

विशेषतः विदेशतिर टुरमा जाँदा जाम्बा आफूलाई चाहिन सक्ने खानाका लागि पहिले नै चाहिने बन्दाबस्त गर्छन् । त्यसैले भनिन्छ, उनी बस्ने होटलकै कोठा पनि भेगनको खानाले भरिएको हुन्छ । एकपल्ट उनले एक हुल गाईलाई देखे र आफूले आफैलाई भने, ‘यो त मेरो आहारा हुन सक्दैन् ।’ त्यसपछि त के चाहियो उनले आफ्नो खाना खाने शैलीमा आकाशपातालको परिवर्तन ल्याए । त्यसैले भेगन शैली पछ्याउने जतिलाई उनी आदर्श हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु पर्‍यो ।
— च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ खेल जितेर उपाधि चुमेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले पराजित गरेको हो । नेपाली राष्ट्रिय टिमका कप्तान पनि रहेका रोहितले एनपीएल दोस्रो सिजनमा ...
— नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार उत्कृष्ट ब्याटरका रूपमा च्याम्पियन लुम्बिनी लायन्सका रोहित पौडेल चुनिएका छन् । उनले यो सिजनमा २७६ रन बनाएका छन् । यस्तै विराटनगर किंग्सका सन्दीप लामिछाने उत्कृष्ट बलर बने । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । उनको नेतृत्वमा विराटनगरले प्ले अफको यात्रा तय गरेको थियो । विराटनगर क्वालिफायर ...
— जिरोनाले स्पेनी ला लिगामा शुक्रबार रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ । जिरोनाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । यो जितमा दुवै गोल भिक्टर सेन्कोभले दोस्रो हाफमा गरे । रियल सोसिडाडले गोन्साले गुडेसको गोलले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् र घरमै पराजित भयो ...
— जर्मन बुंडेसलिगामा शुक्रबार युनियन बर्लिनले लाइपजिगलाई ३–१ ले पराजित गरेको छ । यो उपाधि होडमा रहेको लाइपजिगलाई ठूलो धक्का रहेको छ । हारले लाइपजिग २९ अंकमा दोस्रो स्थानमा रह्यो । यो शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँग आठ अंकको दूरी हो । अब एक खेल कम खेलेको बायर्नले यो अग्रतालाई अझ बढाउन सक्नेछ । बर्लिन आफै ...