मुख्य समाचार
‘गाउँ आएको बाटो’ युएई, कतार र बहराइनमा रिलिज
‘गाउँ आएको बाटो’ युएई, कतार र बहराइनमा रिलिज

। नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ विहिबारदेखि युएई, कतार र बहराइमा रिलिज भएको छ । मध्यपूर्व वितरण कम्पनी निप फिल्म्सले फिल्मलाई ती मुलुकमा प्रमुख हलहरुमा प्रदर्शनमा ल्याएको हो ।

नेपालमा सकारात्मक समीक्षासहित प्रदर्शनमा आएको यो फिल्म मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा प्रदर्शनमा आएको वितरक रमेश ढकालले जनाए ।


‘नेपालसँगै मध्यपूर्वस्थित नेपाली समुदायलाई एकसाथ फिल्म देखाउने यो अवसर नेपाली फिल्म उद्योगको लागि सफलता हो’ ढकालले अनलाइनखबरसँग भने, ‘प्रारम्भिक रुपमा हामीले सकारात्मक समीक्षा प्राप्त गरेका छौं ।’

दयाहाङ राई, पशुपति राई र प्रसन राईको शीर्ष भूमिका रहेको यो फिल्मले बाबुछोराबीचको भावनात्मक सम्बन्धको कथा भन्छ । बाँसुरी फिल्म्स र मेन्छेयम फिल्म्सको संयुक्त निर्माण भएको यो फिल्म निर्देशक सुब्बाको दुई दशकपछिको निर्देशकीय पुनरागमन हो ।


यसैबीच यो फिल्म २१ जुनदेखि संयुक्त राज्य अमेरिकामा समेत रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...