मुख्य समाचार
डर्टमण्डका प्रशिक्षक एडिन टेर्जिकले छाडे क्लब
डर्टमण्डका प्रशिक्षक एडिन टेर्जिकले छाडे क्लब

। जर्मन क्लब बोरुसिया डर्टमण्डका प्रशिक्षक एडिन टेर्जिकले क्लब छोडेका छन् ।

टेर्जिकले डर्टमण्डसँग तत्कालै लागू हुनेगरी आफ्नो सम्झौता रद्द गर्न भनेपछि क्लबले पनि त्यसमा सहमति जनएको हो ।

जर्मन क्लब डर्टमण्डले छलफलपछि टेर्जिकको प्रस्तावमा सहमत भएको जनाएको छ ।

टेर्जिकको प्रशिक्षणमा डर्टमण्ड युरोपियन च्याम्पियन्स लिग २०२३-२४ को फाइनलमा पुगेको थियो । तर वेम्बलीमा भएको फाइनलमा डर्टमण्ड रियल मड्रिडसँग पराजित भएको थियो ।

४१ वर्षीय टेर्जिकले वेम्बलीमा भएको खेलपछि क्लबको सिनियर अफिसियलसँग आफूले छलफल गरेको र डर्टमण्डमा सबैखाले भूमिकामा गरी ९ वर्ष बिताएपछि क्लबमा नयाँ युगको सुरुवात हुनुपर्ने महसुस भएको बताए ।

उनले डर्टमण्डको सफलताको शुभकामना व्यक्त गर्दै फेरि भेट्ने बताएका छन् ।

टेर्जिकले सन् २०१० मा डर्टमण्डको एकेडेमीबाट कोचिङ करियर सुरु गरेका थिए । २०१३ पछि उनी टर्किस क्लब बेसिकटासमा स्लाभेन बिलिचको सहायकको रुपमा काम गरेका थिए ।

उनी २०१८ मा लुसिएन फाभ्रेको सहायकको रुपमा डर्टमण्ड फर्केका थिए । २०२० डिसेम्बरमा फाभ्रेको बर्खास्तीपछि टेर्जिक त्यस सिजनको अन्त्यसम्म अन्तरिम प्रशिक्षक बने । त्यसपछि उनी क्लबको क्निकल डिरेक्टर बने । २०२२ देखि टेर्जिक डर्टमण्डको प्रशिक्षक पदमा थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु पर्‍यो ।
— च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ खेल जितेर उपाधि चुमेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले पराजित गरेको हो । नेपाली राष्ट्रिय टिमका कप्तान पनि रहेका रोहितले एनपीएल दोस्रो सिजनमा ...
— नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार उत्कृष्ट ब्याटरका रूपमा च्याम्पियन लुम्बिनी लायन्सका रोहित पौडेल चुनिएका छन् । उनले यो सिजनमा २७६ रन बनाएका छन् । यस्तै विराटनगर किंग्सका सन्दीप लामिछाने उत्कृष्ट बलर बने । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । उनको नेतृत्वमा विराटनगरले प्ले अफको यात्रा तय गरेको थियो । विराटनगर क्वालिफायर ...
— जिरोनाले स्पेनी ला लिगामा शुक्रबार रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ । जिरोनाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । यो जितमा दुवै गोल भिक्टर सेन्कोभले दोस्रो हाफमा गरे । रियल सोसिडाडले गोन्साले गुडेसको गोलले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् र घरमै पराजित भयो ...
— जर्मन बुंडेसलिगामा शुक्रबार युनियन बर्लिनले लाइपजिगलाई ३–१ ले पराजित गरेको छ । यो उपाधि होडमा रहेको लाइपजिगलाई ठूलो धक्का रहेको छ । हारले लाइपजिग २९ अंकमा दोस्रो स्थानमा रह्यो । यो शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँग आठ अंकको दूरी हो । अब एक खेल कम खेलेको बायर्नले यो अग्रतालाई अझ बढाउन सक्नेछ । बर्लिन आफै ...