मुख्य समाचार
‘यो मेरो करियरकै उत्कृष्ट पारी हो’
‘यो मेरो करियरकै उत्कृष्ट पारी हो’

। थप २० रन जोड्न सकेको भए नजिता के हुन्थ्यो कसलाई के थाहा ? एरोन जोनसनले जसरी सुरु गरेका थिए, त्यसलाई हेर्दा थप २० रन ठूलो डिल पनि थिएन ।

तर अब क्यानडाको टी–२० विश्वकपको सुपर ८ मा पुग्ने सम्भावना केही कमजोर भएको छ । एक समय उसले सपना देख्न थालिसकेको थियो । यद्यपि अरु ब्याट्सम्यानले रन बनाउन संघर्ष गरिरहँदा अर्धशतक बनाएका जोनसनप्रति समर्थकहरु आभारी छन् ।

जोनसनले पनि पाकिस्तानविरुद्ध खेलेको इनिङलाई आफ्नो खेल जीवनकै उत्कृष्ट भनेका छन् । ‘मलाई लाग्छ, यो अन्तर्राष्ट्रिय क्रिकेटमा मेरो अहिलेसम्मको उत्कृष्ट पारी हो’, खेलपछि उनले भनेका छन् ।

न्यूयोर्कमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडा सुरुदेखि नै दबाबमा थियो । तर एउटा एण्डबाट पारी सम्हालेका जोनसनले १३ औं ओभरको तेस्रो बलमा आउट हुनुपूर्व चार चौका र चार छक्काको मद्दतमा ५२ रन बनाए ।

जोनसेनले सुरुवातमा फूल लेन्थमा आएको बलको फाइदा उठाए, त्यसपछि फर्किएर हेर्नु परेन । ‘यदि आफ्नो एरियामा बल आएको छ भने आफ्नो सर्ट खेल भनेर टिममेट र प्रशिक्षकले अनुमति दिएका छन्’, उनी भन्छन् ।

जोनसेनले पाकिस्तानविरुद्ध केही ठूला सर्ट खेले । ‘यो खेलबाट मैले एउटा कुरा सिकेँ, यदि रन बनाउनु छ भने निकै जोडदार ब्याटिङ गर्नुपर्छ’, उनले भने, ‘अनि एकदमै ध्यान दिनुपर्छ । किनकी जब मैले शाहीन शाह अफ्रिदीविरुद्ध राम्रो ब्याटिङ गरेँ, बाबारले आमिरलाई बलिङको इशारा गरे ।’

जोनसनले वर्षको सुरुवातमा टोर्नाडोमा कार्लोस ब्रेथवेटसँग समय बिताए । जमैकामा जन्मिएका जोनसन क्रिस गेल र आन्द्रे रसेलका साथी पनि हुन् । विश्वकपमा क्यानडाले जित निकालेपछि रसेलले जोनसोनलाई सन्देश पठाएका थिए ।

‘क्रिस गेल र अरुले पनि समय समयमा टेक्स्ट गर्छन्, पोष्टमा लाइक गर्छन्’, उनीहरुले पनि आफूलाई एक हदसम्म प्रेरित गरेको भन्दै उनले भने, ‘टोरेन्टोमा भेट्दा कार्लोसले अवसरलाई बुझ्न र धेरै तनाव नलिन सुझाएका थिए ।’

सुपर ८ मा पुग्न सकेन भने यो विश्वकपमा क्यानडाको अन्तिम खेल भारतसँग हुनेछ र, जोनसनलाई सम्मान र आश्चर्यको बीचमा हुने रेखाबारे अवगत छन् ।

‘म फेरि भन्छु, यो केबल एक बल हो’ बुमराह र उनको टिम (भारत)को चुनौतीबारे सोधिएको प्रश्नमा उनले भने, ‘जब तपाईं मैदानमा जानुहुन्छ, बल गोलो हुन्छ, जसले पनि जित्नसक्छ । हो, हामीले उनीहरुको सम्मान गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु पर्‍यो ।
— च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ खेल जितेर उपाधि चुमेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले पराजित गरेको हो । नेपाली राष्ट्रिय टिमका कप्तान पनि रहेका रोहितले एनपीएल दोस्रो सिजनमा ...
— नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार उत्कृष्ट ब्याटरका रूपमा च्याम्पियन लुम्बिनी लायन्सका रोहित पौडेल चुनिएका छन् । उनले यो सिजनमा २७६ रन बनाएका छन् । यस्तै विराटनगर किंग्सका सन्दीप लामिछाने उत्कृष्ट बलर बने । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । उनको नेतृत्वमा विराटनगरले प्ले अफको यात्रा तय गरेको थियो । विराटनगर क्वालिफायर ...
— जिरोनाले स्पेनी ला लिगामा शुक्रबार रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ । जिरोनाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । यो जितमा दुवै गोल भिक्टर सेन्कोभले दोस्रो हाफमा गरे । रियल सोसिडाडले गोन्साले गुडेसको गोलले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् र घरमै पराजित भयो ...
— जर्मन बुंडेसलिगामा शुक्रबार युनियन बर्लिनले लाइपजिगलाई ३–१ ले पराजित गरेको छ । यो उपाधि होडमा रहेको लाइपजिगलाई ठूलो धक्का रहेको छ । हारले लाइपजिग २९ अंकमा दोस्रो स्थानमा रह्यो । यो शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँग आठ अंकको दूरी हो । अब एक खेल कम खेलेको बायर्नले यो अग्रतालाई अझ बढाउन सक्नेछ । बर्लिन आफै ...