मुख्य समाचार
युरो २०२४ आज देखि, आयोजक जर्मनीले स्कटल्याण्डसँग खेल्ने
युरो २०२४ आज देखि, आयोजक जर्मनीले स्कटल्याण्डसँग खेल्ने

। मिनी विश्वकप भनिने युरोकप फुटबल प्रतियोगिताको १७औं संस्करण आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा आयोजक जर्मनीले स्कटल्याण्डसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार राति १२:४५ बजे म्युनिखस्थित एलिएन्ज एरेनामा सुरु हुनेछ । तीन पटकको विजेता जर्मनी घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ । त्यसैले जर्मनी सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

जर्मनी र स्कटल्याण्ड मुख्य प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि सन् १९८६ को फिफा विश्वकप र १९९२ को युरोमा जर्मनीले स्कटल्याण्डलाई पराजित गरेको थियो ।

पछिल्लो १३ खेलमा स्कटल्याण्डले एक पटक मात्र जर्मनीलाई हराएको छ । सन् १९९९ मा स्कटल्याण्डले जर्मनीलाई १-० ले पराजित गरेको थियो ।

जर्मनी आफ्नो इतिहासमा १४औं पटक युरो खेल्दैछ, जुन कीर्तिमान हो । यस्तै जर्मनीले स्पेनसँगै सर्वाधिक ३ पटक युरोकप जितेको छ । यस पटक घरेलु मैदानमा उपाधि जित्दै युरोमा सफल टोली बन्ने योजनामा छ ।

जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका विभिन्न १० शहरको १० स्टेडियममा हुने प्रतिस्पर्धामा युरोपका २४ उत्कृष्ट राष्ट्रको सहभागिता छ ।


अघिल्लो संस्करण युरोपकको विभिन्न ११ देशको ११ शहरमा आयोजना भएको थियो । तर यस पटक फेरि युरोकप एकै देशमा मात्र आयोजना हुँदैछ ।

यस्तै प्रतियोगिताको फाइनल जुलाई १४ मा बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

जर्जियाले ड्ब्यु गर्दै

२०२० को युरो खेलेका च्याम्पियन इटलीसहित १९ टिमले यस पटक पनि युरो खेल्दैछन् । जर्जियाले नयाँ टिमको रुपमा युरोकपमा डेब्यु गर्दैछ भने अल्वानिया, स्लोभेनिया, सर्विया र रोमानियाले पनि पुनरागमन गरेका छन् ।

यस पटक छनोट हुन नसकेका ठूला टिममा स्वीडेन, रुस र वेल्स हुन् । यस्तै एर्लिन हालान्ड र मार्टिन ओडेगार्ड जस्टा स्टार भएको नर्वे पनि छनोट हुन सकेन ।

जर्मनी र स्पेनले अहिलेसम्म सर्वाधिक ३-३ पटक युरो जितेका छन् । यस पटक यी दुई मध्ये कुनै एकले उपाधि जितेमा सर्वाधिक ४ पटक च्याम्पियन हुनेछ ।

अघिल्लो संस्करण जस्तै यस पटक पनि युरोमा २४ राष्ट्रको सहभागिता रहनेछ । सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर खेलाइनेछ । हरेक समूहमा ४-४ टिम छन् ।

प्रतियोगिता लिग कम नकआउट शैलीमा खेलाइनेछ । समूह चरणमा ६ समूहको गरी कूल ३६ खेल हुनेछन् । हरेक समूहको शीर्ष दुई टोली सिधै अन्तिम १६ मा प्रवेश गर्नेछन् । यस्तै तेस्रो हुने ६ मध्ये उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन् । अन्तिम १६ देखि फाइनलसम्म नकआउट चरणमा १५ खेल हुनेछ र युरोमा कूल ५१ खेल हुनेछ ।

युरो २०२४ समूह विभाजन

समूह ए : जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीट्जरल्याण्ड

समूह बी : स्पेन, क्रोएसिया, इटली, अल्वानिया

समूह सी : इंग्ल्याण्ड, डेनमार्क, सर्विया, स्लोभेनिया

समूह डी : फ्रान्स, नेदरल्याण्ड्स, पोल्याण्ड, अष्ट्रिया

समूह ई : बेल्जियम, स्लोभाकिया, रोमानिया, युक्रेन

समूह एफ : पोर्चुगल, टर्की, चेक रिपब्लिक, जर्जिया

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...