मुख्य समाचार
यी हुन् अहिलेसम्मका युरोकप विजेताहरु
यी हुन् अहिलेसम्मका युरोकप विजेताहरु

। मिनी विश्वकपको रुपमा रहेको युरोकप २०२४ आजदेखि जर्मनीमा सुरु हुँदैछ । फिफा विश्वकपपछि सबैभन्दा ठूलो टुर्नामेन्ट मानिने युरोको यो १७औं संस्करण हो ।

अहिलेसम्म भएका १६ संस्करणमध्ये जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक उपाधि जितेका छन् ।

पछिल्लो पटक भएको युरो २०२० युरोपकका विभिन्न ११ देशमा आयोजना गरिएको थियो । जहाँ इटलील इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर ५३ वर्षपछि युरोको उपाधि जित्यो ।

अहिलेसम्म चार राष्ट्रले मात्र एक भन्दा बढी पटक युरो जितेको छ भने कूल १० राष्ट्रले युरो जितेका छन् ।

जसमा जर्मनी (पश्चिम जर्मनीहसित) र स्पेनले सर्वाधिक तीन/तीन पटक तथा फ्रान्स र इटलीले समान दुई/दुई पटक उपाधि उचालेका छन् । सोभियत युनियन, चेक रिपब्लिक, नेदरल्याण्ड्स, डेनमार्क, ग्रीस र पोर्चुगलले एक-एक पटक युरो ट्रफी उचालेका छन् ।

यी हुन् अहिलेसम्मको १६ संस्करणका विजेता

सन् १९६० : सोभियत संघ

सन् १९६४ : स्पेन

सन् १९६८ : इटली

सन् १९७२ : पश्चिम जर्मनी

सन् १९७६ : चेकोस्लोभाकिया

सन् १९८० : पश्चिम जर्मनी

सन् १९८४ : फ्रान्स

सन् १९८८ : नेदरल्याण्ड्स

सन् १९९२ : डेनमार्क

सन् १९९६ : जर्मनी

सन् २००० : फ्रान्स

सन् २००४ : ग्रीस

सन् २००८ : स्पेन

सन् २०१२ : स्पेन

सन् २०१६ : पोर्चुगल

सन् २०२० : इटली

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु पर्‍यो ।
— च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ खेल जितेर उपाधि चुमेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले पराजित गरेको हो । नेपाली राष्ट्रिय टिमका कप्तान पनि रहेका रोहितले एनपीएल दोस्रो सिजनमा ...
— नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार उत्कृष्ट ब्याटरका रूपमा च्याम्पियन लुम्बिनी लायन्सका रोहित पौडेल चुनिएका छन् । उनले यो सिजनमा २७६ रन बनाएका छन् । यस्तै विराटनगर किंग्सका सन्दीप लामिछाने उत्कृष्ट बलर बने । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । उनको नेतृत्वमा विराटनगरले प्ले अफको यात्रा तय गरेको थियो । विराटनगर क्वालिफायर ...
— जिरोनाले स्पेनी ला लिगामा शुक्रबार रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ । जिरोनाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । यो जितमा दुवै गोल भिक्टर सेन्कोभले दोस्रो हाफमा गरे । रियल सोसिडाडले गोन्साले गुडेसको गोलले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् र घरमै पराजित भयो ...
— जर्मन बुंडेसलिगामा शुक्रबार युनियन बर्लिनले लाइपजिगलाई ३–१ ले पराजित गरेको छ । यो उपाधि होडमा रहेको लाइपजिगलाई ठूलो धक्का रहेको छ । हारले लाइपजिग २९ अंकमा दोस्रो स्थानमा रह्यो । यो शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँग आठ अंकको दूरी हो । अब एक खेल कम खेलेको बायर्नले यो अग्रतालाई अझ बढाउन सक्नेछ । बर्लिन आफै ...