मुख्य समाचार
अन्ततः विश्वकपमा देखिए सकिब
अन्ततः विश्वकपमा देखिए सकिब

। किङ्गसटाउनमा नेदरल्याण्ड्सँग खेल्नुअघि बंगलादेशको अभ्यास सत्रका लागि सकिब अल हसन घाँटीमा सर्भिकल कोलर (पट्टी) लगाएर पुगे । उनलाई चोट लागेको त होइन ? उनले घाँटीमा पट्टी लगाएरै अभ्यास गरे ।

वास्तवमा उनी ठीक छन् । उनी सर्ट हान्ने क्रममा हाफ्नो टाउको सही पोजिसनमा राख्ने प्रयासमा थिए ।

उनका यो (टाउकोलाई सही पोजिसनमा राख्ने) समस्या २०२३ को एकदिवसीय विश्वकपको समयदेखि नै समस्या थियो । बंगलादेश प्रिमियर लिगमा पनि ।

यो विश्वकपमा श्रीलंकाविरुद्ध ८ र दक्षिण अफ्रिकाविरुद्ध मात्र ३ रन बनाए । दुवै पटक उनी बाउन्सरमा आउट भए ।

बंगलादेशका टप अर्डर ब्याट्सम्यानको फर्म पनि चिन्ताको विषय थियो । नेदरल्याड्स विरुद्धको खेलमा उनी मैदानमा जाँदा टिमको स्कोर ३.१ ओभरमा २३/२ थियो ।

नेदरल्याण्ड्सलाई हराउनु बंगलादेशका लागि महत्वपूर्ण थियो, सकिबलाई पनि रन बनाउनुपर्ने थियो । उनलाई त्यो थाहा थियो ।

सुरुमा तान्जिद हसनले राम्रो सर्टहरू खेलिरहेका थिए । उनले महमुदुल्लालाई पनि ठूलो सर्ट खेल्न दिए । अनि आफूले पनि अर्धशतक पूरा गरे ।

टी–२० आईमा यो उनको अक्टोबर २०२२ पछिको पहिलो अर्धशतक थियो भने टी–२० विश्वकपमा २०१६ पछि । सकिब र जाकर अलीले छैठाैं विकेटका लागि अविजित २९ रनको साझेदारी गर्दा बंगलादेशले ५ विकेटको क्षतिमा १५९ रन बनायो ।

राम्रो योगफल तयार गर्ने क्रममा बंगलादेशले सुरुवाती पावरप्लेमा पनि ५४ (२ विकेट गुमाएर) रन बनाएको थियो, अन्तिमको ५ ओभरमा पनि ५० रन बनाएको थियो ।

ऋषद हुसनले (३३ रनमा ३ विकेट) र मुस्तफिजुर रहमान (१–१२) को महत्वपूर्ण विकेटको मदतमा बंगलादेशले २५ रनको जित निकाल्यो । अब सुपर ८ को सम्भावना बढ्यो ।



खेलपछि सकिबले भनेका छन्, ‘मलाई लाग्छ हामीले विकेटलाई राम्ररी बुझ्यौं । सुरुमा ब्याटिङ गर्न सहज थिएन, तर बल पुरानो भएपछि सहज हुँदै गयो ।’

‘दोस्रो इनिङमा विकेट सहज थियो । तर हाम्रा बलरहरूले जबर्जस्त काम गरे । ऋषद र फिजले आफ्नो पछिल्लो ओभरमा खेलको मोमेन्टम नै परिर्वतन गरिदिए’ अन्तिममा आक्रामक बलिङले बंगलादेशलाई जित दिलाएको सकिब मान्छन् ।

हुन पनि १४. ३ ओभरमा १११ रन जोड्दा नेदरल्याण्ड्सले ३ विकेट मात्र गुमाएको थियो ।

तर १३४/८ मा इनिङ सकायो । ‘१२ ओभरसम्म खेल ५०–५० कमा थियो । (जितको) श्रेय मुस्तफिजुर र ऋषदलाई जान्छ, उनीहरूले त्यो अवस्थामा राम्रो बलिङ गरे’ सकिब भन्छन्, ‘हाम्रो बलिङ युनिटले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका छन्, खासगरी फास्ट बलरहरूले । ऋषदलाई समावेश गर्नु पनि फाइदाजनक रह्यो ।’

सकिबले ४६ बलमा अविजित ६४ रन बनाए ।

यसअघि उनले रन बनाउन सकेका थिएनन् । सट बलमा उनको कमजोरी देखिएको थियो ।

श्रीलंका र दक्षिण अफ्रिकाविरुद्ध छिट्टै आउट भएका कारण उनको आलोचना समेत भएको थियो । अलराउण्डर भए पनि उनी हालसम्म विकेटविहीन छन् ।

सकिब भने आफू व्यक्तिगत लक्ष्य लिएर नभई टीमका लागि खेलेको बताउँछन् । ‘एउटा खेलाडी जवाफ आएको हुँदैन, उसले टिमलाई योगदान गरेको हुनुपर्छ’ उनले भने, ‘यदि उ लक्की रह्यो भने विकेट लिन्छ । उसको काम रन बचाउने र क्याच लिने पनि हो । यसमा थप भन्नुपर्ने केही छैन ।’

क्रिकइन्फोको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...