। नेपाली राष्ट्रिय महिला फुटबल टिमको फिफा वरीयतामा सुधार आएको छ ।
फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपाल २ स्थानमाथि उक्लिएको हो । यसअघि नेपाली महिला फुटबल टिम १००औं स्थानमा रहेको थियो, अहिले ९८औं स्थानमा आइपुगेको छ ।
दक्षिण एसियाको वरीयतामा भारत शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ भने बंगलादेश तेस्रो स्थानमा छ ।
नयाँ वरीयताअनुसार हाल भारत एक स्थान तल झरेर ६७औं स्थानमा छ । यसअघि ६६औं स्थानमा थियो ।
बंगलादेश भने १४०, श्रीलंका १५७, पाकिस्तान १५८ं, माल्दिभ्स १६१ र भुटान १७३औं स्थानमा रहेका छन् ।