मुख्य समाचार
पाकिस्तानलाई पछि पार्दै अमेरिका सुपर-८ मा
पाकिस्तानलाई पछि पार्दै अमेरिका सुपर-८ मा

। घरेलु टोली अमेरिका आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुगेको छ । शुक्रबार आयरल्यान्ड र अमेरिकाबीच खेल फ्लोरिडामा वर्षाको कारण हुन नसकेपछि १-१ अंक बाँडेका हुन् । समूह ए बाट अमेरिका ४ खेलमा २ मा जित र १ मा हारसहित ५ अंकका साथ दोस्रो स्थानमा छ रह्यो । भारत ३ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै सुपर ८ मा पुगेको छ ।

सुपर-८ मा पुगेसँगै २०२६ को टी२० विश्वकपमा पनि अमेरिकाले स्थान बनाएको छ । यस संस्करणमा सह-आयोजक हुँदा अमेरिकाले सोझै विश्वकप खेल्ने अवसर पाएको थियो । डेब्यू विश्वकपमा सानदार प्रदर्शनका साथ सुपर-८ मा स्थान बनाएको हो ।

अमेरिकाले क्यानडालाई ७ विकेट र पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो । पाकिस्तान भने ३ खेलमा २ मा हार र १ मा जितसहित एक खेल अगावै बाहिरिएको छ । अमेरिकासँगको हार पाकिस्तानलाई भने भारी परेको छ ।

अन्तिम खेल पाकिस्तानले आयरल्यान्डसँग आइतबार खेल्नेछ । अव सुपर ८ मा पुग्न समूह बी र समूह डी बाट एक एक टोलीको टुङ्गो लाग्न बाँकी छ । समूह ए मा क्यानडा ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड ३ खेलमा १ अंकका साथ पुछारमा छ ।

समूह सी बाट अफगानिस्तान र वेष्टइण्डिज सुपर–८ मा पुगेका छन् । समूह बी बाट अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ सुपर ८ मा स्थान पक्का गरेको छ । स्कटल्यान्ड र इंग्ल्यान्डबीच सुपर ८ मा स्थान बनाउन समूह बी मा प्रतिस्पर्धा छ ।

त्यस्तै समूह डी मा दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगेको छ । समूह डी मा बंगलादेश, नेदरल्यान्ड्स र नेपाल पनि सुपर ८ को दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...