मुख्य समाचार
मेरो १००औं खेल अविस्मरणीय बन्यो : कप्तान किरण
मेरो १००औं खेल अविस्मरणीय बन्यो : कप्तान किरण

। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले नेपालका लागि एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् ।

फिफा विश्वकप २०२६ को दोस्रो चरणको छनोट अन्तर्गत साउदी अरेबियाको दम्मानमा यमनविरुद्ध भएको खेलमा किरणले नेपालका लागि १०० क्याप जित्ने पहिलो खेलाडी बन्दै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको खेलमा नेपालले गोल र अंक दुवैको खडेरी तोडेको थियो । सन्जीव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा नेपालले यमनसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

खेलपछि कप्तान तथा गोल रक्षक किरणले आफ्नो सयौँ खेल विशेष बनेको बताए । ‘मेरो एक सयौँ खेल अविस्मरणीय बन्यो । यसको सम्पूर्ण श्रेण टिमलाई जान्छ’, उनले भने ।



किरणको ऐतिहासिक सय खेलपछि अखिल नेपाल फुटबल संघका महासचिव किरण राई र एन्फा केन्द्रीय सदस्य तथा नेपाली टिमका प्रमुख विकाश नारायण श्रेष्ठले ‘मोमेन्टो’ प्रदान गरेका थिए । उनलाई १०० लेखिएको जर्सी नम्बर र आर्मब्याण्ड पनि प्रदान गरिएको थियो ।

नेपाल विश्वकप छनोटको दोस्रो चरणमा यसअघि खेलेका ५ वटै खेलमा हार बेहोरेको थियो भने गोलसमेत गर्न सकेको थिएन । तर समूह एचको अन्तिम खेलमा नेपालले गोल गर्दै अंक समेत जोड्न सफल भयो ।

कप्तान किरणले खेलअघि नै यमनविरुद्ध जसरी पनि अंक लिने गरी खेल्ने बताएका थिए । त्यही अनुसार नेपालले अंक पनि जोड्यो । कप्तान किरणले अवसरमा गोल हुँदा अंक लिने रणनीति सफल भएको बताए ।

‘हामी जसरी पनि अंक लिने ध्यानमा थियौँ । मिहिनेतअनुसार फल पायौँ । नतिजा सन्तुष्टिजनक आयो’, किरणले भने ।

तर नेपालमा खेलमा पछि परेको अवस्थामा पुनरागमन गर्दै अग्रता लिएपनि सदुपयोग गर्न सकेन । आठौं मिनेटमै पछि परेको नेपालले २ गोल गर्द खेलमा अग्रता लिएपनि इन्जुरी टाइममा गोल खाँदा खेल बराबरीमा सकिएको थियो । ‘अन्तिम समयमा सम्हालिन नसक्दा सोचे भन्दा राम्रो नतिजा ल्याउनबाट टाढा भयौँ’, किरणले भने ।

नेपालले छनोटको दोस्रो चरणमा ६ मध्ये १ खेलमा बराबरी खेल्दा बाँकी ५ खेलमा पराजित भएको थियो । १ अंकसहित नेपाल समूह एचको पुछारमा रह्यो । विश्वकप छनोटको अर्को चरणको सम्भावना सकिएको नेपालसँगै यमनले अब एसियन कप छनोटको तेस्रो चरणमा खेल्नेछ ।

यस समूहबाट युएई र बहराइन शीर्ष दुईमा रहँदै फिफा विश्वकप छनोटमा तेस्रो चरणमा पुगेको छ साथै एसिया कप २०२७ को लागि सिधै छनोट भइसकेको छ । दोस्रो चरणको ९ समूहको शीर्ष दुई टोली गरी कूल १८ टोली एसियन कपमा छनोट भइसकेको छ ।

यमनविरुद्ध गोल गरेका सन्जीव र जिलेस्पी दुवैको नेपालका लागि पहिलो गोल थियो । दुवै अग्ला कदका फरवार्डले अवसर पाउँदा गोल गरेका थिए ।



नेपालका लागि बराबरी गोल फर्काएका सन्जीवले कप्तान किरणको एक सयौँ खेललाई उपलब्धिमूलक बनाउन सबै खेलाडी मोटिभेट भएर लागेको बताए । उनले सबैको कडा मिहिनेतले नतिजा आएको बताए । ‘आज हामी सबै खेलाडीले किरण दाईको लागि विशेष बनाउने योजना बनाएका थियौँ । सबै जनाको मिहिनेतले नै यो नतिजा आएको जस्तो लाग्छ’, उनले भने ।

धनकुटाको राजारानीमा एउटा सामान्य परिवारमा जन्मेका ३४ वर्षीय किरण उमेर समूह र सिनियर टिम हुँदै नेपालको कप्तानसम्म बनेका थिए ।

हाल नेपालका नम्बर वान गोलकिपर समेत रहेका किरणले साउदी अरेबिया जानुअघि एक सयौँ खेल भन्दा पनि देशको लागि खेल्नु पाउनु सबैभन्दा गर्वको क्षण मान्छन् । ‘देशको जर्सी लगाएर खेल्नु पाउनु सबैभन्दा प्राउड मोमेन्ट हो । देशको लागि खेल्दा जहिल्यै फाइट गर्नपर्छ भन्ने भावना आउँदा’, किरणले यमनसँग खेल्नुअघि भनेका थिए ।,

किरणले अब कति वर्ष खेल्छु भनेर नसोचेको र स्वास्थ्यले साथ दिएसम्म खेल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...