मुख्य समाचार
नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर गुमायो
नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर गुमायो

। आईसीसी टी-२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिदा नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ ।

अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर-८ मा पुग्ने टोलीलाई २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर थियो । समूह डी मा रहेको नेपाल शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सुपर-८ को सम्भावना समाप्त भएको हो ।

भारत र श्रीलंका आयोजक हुँदा सोझै विश्वकपमा पुगेका छन् । सुपर-८ मा पुग्ने भारत बाहेक अन्य ७ टोलीले २०२६ को विश्वकपमा स्थान बनाउने छन् । सुपर ८ बाहेक आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहने तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन् ।

आईसीसीको टी-२० आई वरीयतामा नेपाल १८औं स्थानमा छ । वरीयताबाट पनि सोझै विश्वकप खेल्ने सम्भावना नभएसँगै नेपालले एसिया छनोट खेल्नेछ ।

हालसम्म टी-२० विश्वकप २०२६ सोझै खेल्ने ७ टोलीको टुङ्गो लागेको छ । भारत र श्रीलंका आयोजक हुँदा सोझै पुगेका छन् । त्यसपछि सुपर ८ मा पुगेका अमेरिका, अफगानिस्तान, अष्ट्रेलिया, वेष्टइण्डिज, दक्षिण अफ्रिका पनि सोझै छनोट भएका छन् । अब इंग्ल्यान्ड, नेदरल्यान्ड्स, बंगलादेश र स्कटल्यान्डमध्ये दुई टोली सोझै विश्वकपमा पुग्नेछन् ।

आईसीसी टी-२० आई वरीयतामा भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, वेष्टइण्डिज तेस्रो, इंग्ल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, न्युजिल्यान्ड छैटौं, पाकिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान दशौं, आयरल्यान्ड ११ औं र स्कटल्यान्ड १२ औं स्थानमा छन् । सुपर ८ मा पुग्न नसके पनि न्युजिल्यान्ड र पाकिस्तान वरीयताको आधारमा टी-२० विश्वकपमा पुग्ने लगभग पक्का छ ।

अमेरिका हालसम्म २०२६ को टी-२० विश्वकपमा सोझै छनोट हुने एक्लो एशोसिएट टोली हो । समूह ए मा ४ खेलमा ५ अंकका साथ सुपर ८ मा स्थान बनाउँदै २०२६ को विश्वकपमा पुगेको हो ।

समूह ए बाट भारत र अमेरिका सुपर-८ मा पुगेका छन् । समूह बी बाट अष्ट्रेलिया पुगेको छ । इंग्ल्यान्ड र स्कटल्यान्ड त्यसको दौडमा छन् । इंग्ल्यान्ड ३ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा छ । अन्तिम खेल आज राति इंग्ल्यान्डले नामिबियासँग खेल्छ । उता स्कटल्यान्ड ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्डले भोली अष्ट्रेलियासँग खेल्नेछ ।

स्कटल्यान्ड विजयी भएमा इंग्ल्यान्डलाई पछि पार्दै सुपर ८ खेल्नेछ । अष्ट्रेलिया विजयी हुँदा र अन्तिम खेलमा इंग्ल्यान्डले नामिबियालाई हराउँदा नेटरनरेटका साथ सुपर ८ मा पुग्ने देखिन्छ । यदि सुपर ८ मा पुग्न नसके इंग्ल्यान्ड वरीयताको आधारमा विश्वकप खेल्ने पक्का छ ।

समूह डी मा बंगलादेश ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । आइतबार बंगलादेशले नेपालसँग खेल्नेछ । नेदरल्यान्ड्स ३ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्सले सोमबार श्रीलंकासँग खेल्नेछ । यदि बंगलादेश सुपर ८ मा पुग्न नसके नेपालसँगै एसिया छनोट खेल्ने सम्भावना बढी रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...