मुख्य समाचार
७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण
७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

: डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ। गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताए।


उनले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताए। 'गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ। त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ। सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ', उनले भने।

उनका अनुसार ७१ जिल्लामा एक हजार एक सय ३० जनामा सङ्क्रमणमा देखिएको छ। गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो। उनका अनुसार कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा सङ्क्रमण देखिएको छ।



उपत्यकामा एक सय ५९ जनामा सङ्क्रमण

काठमाडौँमा एक सय १४ जना, भक्तपुरमा २७ जना र ललिपतुरमा १८ जनामा सङ्क्रमण देखिएको छ। डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ।

डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन्। लामखुट्टेबाट बच्नका लागि सधँै झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएकी हुन् । नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विधेयक ल्याइएको उल्लेख छ । आँखा स्वास्थ्य विधातर्फ उच्च शिक्षा प्रदान गर्नका लागि विश्वविद्यालय स्थापना गर्ने विधेयकको उद्देश्य ...
। सरकारले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजनन्‌का लागि अनुकूल वातावरण बन्ने र संक्रमित संख्या बढ्न सक्ने बताएको हो । ‘जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ,’ मन्त्रालय प्रवक्ता डा. प्रकाश ...
। वीर अस्पतालको कम्पाउन्डदेखि हरेक विभागका कोठाहरू बिरामी र आफन्तले भरिएका छन् । आकस्मिक कक्षमा शय्या खाली छैनन् । एक शय्यामा तीन जनासम्म बिरामी राखिएको छ । दैनिक २ हजार ५०० जनाभन्दा बढी बिरामी उपचारका लागि पुग्ने वीर अस्पताल विपन्न, गरिब वर्गका लागि आशा र भरोसाको केन्द्र हो । तर, विकट तथा दुर्गम भेगबाट जुन अपेक्षा ...
। धुलिखेल अस्पतालले बिरामीको बढ्दो चापलाई मध्यनजर राखी सेवामा स्तरोन्नति गरेको छ । अस्पतालको बहिरङ्ग विभाग (ओपीडी)मा नाम दर्ता, ल्याब टेस्टका लागि रगत संकलनमा सहजीकरण, स्वास्थ्य बीमा अन्तर्गत मेडिसिन रिफिलिङ, अस्पताल परिसरमा बिरामीमैत्री पार्किङको व्यवस्थापन, प्लास्टिक फ्री वातावरण, इमर्जेन्सीका बिरामीका लागि फास्टट्र्याक सेवाको व्यवस्था गरिएको छ । यी सेवा सुधारबाट सेवाग्राहीहरुले विगतमा भन्दा सहज महसुस गर्ने ...
। रुपन्देहीमा एक हजार ७ सय जनामा एचआईभी एड्सको संक्रमण फेला परेको छ । त्यसमध्ये तिलोत्तमा नगरपालिकामा १७५ जनामा संक्रमित छन् । एचआईभी एड्सको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था एनएपीएनका प्रदेश संयोजक अर्जुन ज्ञवालीले कपछिल्लो तथ्यांकअनुसार १५ सय जनाले लुम्बिनी प्रादेशिक अस्पताल र २ सय जनाले भीम अस्पताल भैरहवाबाट निशुल्क एआरभी औषधिसहित उपचार सेवा लिइरहेको जानकारी ...