मुख्य समाचार
एमाले सांसदविरुद्ध क्यान अध्यक्षले भने- संसदलाई गुमराह नबनाउनुस्
एमाले सांसदविरुद्ध क्यान अध्यक्षले भने- संसदलाई गुमराह नबनाउनुस्

: नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले झुटो विषयमा उठाएर सांसद भीम आचार्यले संसदलाई गुमराहमा राखेको बताएका छन्। एमाले सांसद आचार्यले गत बुधबारको प्रतिनिधिसभा बैठकमा क्यान पदाधिकारीहरूले आर्थिक अपचलन गरेको आरोप लगाएका थिए।


सांसद आचार्यले अवैधरूपमा जर्सी विक्री गरेको, खेलाडीलाई होटलमा उभ्याएर चन्दा उठाएको र आईसीसीबाट आएको टिकट महँगो मूल्यमा विक्री गरेर क्यान पदाधिकारीहरूले निजी खातामा जम्मा गरेको आरोप लगाएका थिए।

क्यान अध्यक्ष चन्दले सांसद आचार्यको अभिव्यक्तिमा आंशिक सत्यतासमेत नरहेको बताएका छन्। शुक्रबार विज्ञप्ति जारी गरेर क्यान अध्यक्ष चन्दले भनेका छन्, 'आंशिकसमेत सत्यता नभएको झुठो र कपोलकल्पित बुँदाहरू नेपालको गरिमामय सदनमा उठान गरेर एक जना माननीय सांसदज्यूले सम्मानित सदनलाई गुमराहमा राख्नुका साथै आफूले प्रतिनिधित्व गर्ने राजनीतिक दललाई समेत विवादमा ल्याउन खोजेको देखिन्छ।'




उनले क्रिकेट खेलको नाममा राजनीति गर्नेहरूले आफ्नो देशले विश्वकप खेलिरहेको यस महत्वपूर्ण समयमा क्रिकेट तथा संघको विरूद्धमा अनर्गल प्रचार गर्दा विश्वकपमा सहभागिता जनाइरहेका खेलाडीको मनोबल नगिराउन आग्रह गरेका छन्। विचार नगरी क्रिकेटको नाममा राजनीति गर्न खोज्नेहरूले नेपाली क्रिकेट विवादित र विभाजन गर्न खोजेको उनको भनाइ छ।

'नेपाल क्रिकेट संघको नाममा कोही कसैले क्रिकेटको हकहितविरुद्ध कुनै गैरकानुनी काम कारबाही गरेमा कानुन बमोजिम सजाय हुनुपर्छ भन्ने कुरामा नेपाल क्रिकेट संघ स्पष्ट छ। हुँदै नभएको झुटा तथा कपोलकल्पि कुरा गरिमामय सदनमा सांसदज्यूले उठाउनाले सम्मानित सदन, सांसदज्यू तथा नेपाली क्रिकेटको गरिमा घटाएको छ,' विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। विराटनगर कोशी प्रदेशको एउटा मात्रै महानगरपालिका हो। उपमेयर शिल्पा निराला कार्कीले सोमबार नगरसभामा आय व्ययको अनुमानित विवरण पेस गरेकी हुन्। कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५९ करोड, ऋणको सावाँ ब्याज भुक्तानीका लागि ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताहरूले राजनीतिक यात्राको उद्देश्य बिर्सिने अवस्था आएको बताएका छन्। नन्दप्रसाद जानुका फाउन्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ स्मृति ग्रन्थ बिमोचन गर्दै थापाले नेताहरू सांसद,मन्त्री,प्रधानमन्त्रीको रेसमा दौडनका लागि व्यस्त हुने गरेकाले राजनीतिक यात्राको उद्देश्य बिर्सिने अवस्था आएको बताएका हुन्। उनले पटकपटक प्रधानमन्त्री बन्नुको कारणबारे अहिलेको प्रधानमन्त्री ...
: काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ। महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट विनियोजन गरेको बताइन्। महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेका छन्। त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले बताइन्। त्यस्तै काठमाडौं महानगरपालिकाले २ अर्ब बराबरको ३० वटा ...
: प्रतिनिधि सभामा सांसदहरुले भ्रष्टाचारविरुद्ध निर्मम बन्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि सोमबार शून्य समयमा बोल्दै ठाकुर गैह्रेले भ्रष्टाचारले सबैलाई लज्जित बनाइरहेको बताएका हुन्। ‘देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्य सचिवजस्तो व्यक्ति नै अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर हुने ...
: वैदेशिक रोजगारीको बाहानामा दुबई पुर्‍याई मानव बेचबिखन गर्ने अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको ललितपुर महानगरपालिका-८ का ४२ वर्षीय मनोज महर्जन रहेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार उनले श्रम स्वीकृतिको सम्पूर्ण प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीको पठाउने भनि झुक्याई भिजिट भिसामा दुबईमा पुर्‍याई घरेलु कामदारहरू पठाउने एजेन्ट अफिसमा लागि बेचबिखन गरेको ...