मुख्य समाचार
पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ, मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री दाहाल
पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ, मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री दाहाल

: नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रको विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताएका छन्।


अनेरास्ववियू (क्रान्तिकारी)को चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागू गरिने बताए। 'विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ। मनोनयन गर्ने प्रथा अब रहँदैन। विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ,' उनले भने। उनले नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नुपर्ने बताए।

'हामी कमजोर छैनौं। पार्टीको जनमत बढ्दैछ। पार्टी क्रमशः बलियो हुँदै गएको छ। हामी एकताबद्ध हुँदा धेरै कुरा जित्न सकिन्छ। त्यसैले उच्च मनोबलका साथ जनतासँग एकाकार भएर काम गर्नु हाम्रो जिम्मेवारी हो,' उनले भने।




पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुति निकै शक्तिशाली भएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय मञ्चबाट नेपालले विश्वलाई शक्तिशाली सन्देश दिएको बताए। माओवादी निर्णायक शक्ति भएर अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने, 'कतिलाई लाग्छ- माओवादीले आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँछ कि! तर यथार्थ त्यस्तो हुँदैन। हेर्दै जानुहोला- माओवादी नै निर्णायक हुन्छ। हामी नै राजनीतिको केन्द्रमा रहन्छौं।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कपिलवस्तु कारागारबाट १४ वर्षअघि सुरुङ खनेर फरार भएका एक फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ। भारत उत्तर प्रदेश सिद्धार्थनगर चिलिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका-७ चन्द्रौटाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। २०६६ माघ २ गते कपिलवस्तु कारागारबाट ८ जना कैदी सुरुङ खनेर भागेका थिए। पक्राउ परेका खान ...
: चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौजना विरुद्ध मुद्दा दर्ता गरेको छ। निजहरुविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार मुद्दा दायर गरिएकाहरुमा भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ सुन्दर बस्ती बस्ने ३३ वर्षीये बालकुमार राई, नवलपरासी (बर्दघाट ...
: सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई गरिएको कारबाही अगाडि नबढाउन आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गर्दै कारवाही अगाडि नबढाउन भनेको हो। सर्वोच्चले देवकोटालाई पदमुक्त गर्नुको कारण पनि सोधेको छ। ' यसमा के,कसो भएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषणसमेतको आदेश किन जारी हुन नपर्ने हो ? ...
: नेकपा माओवादी केन्द्रकी नगर कार्यपालिका सदस्य अनिता कार्की (ढोली)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई सिंहदरवार जलाउने अभिव्यक्ति दिएकोप्रति कडा प्रतिकार गरेका छन्। उनले सिंहदरवारले नै प्रद्यत गरेको अधिकारबाट महानगरको कुर्सीमा बसेको भन्दै कसैले महानगरपालिकाको दरबार जलाउँछु भन्दै आए के गर्ने भनेर प्रश्न गरेकी छन्। 'प्रमुखज्यु आज तपाईँ जुन कुर्सीमा बसिरहनुभएको छ। त्यो कुर्सीको अधिकार ...
: दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याएको छ। सोमबार तुलसीपुर महानगरपालिकाकी उपप्रमुख सानी चौधरीले १५औं नगरसभा मार्फत आगामी आर्थिक वर्षको लागि २ अर्ब साढे ७ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन्। पालिकाका जनअपेक्षालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिएको उपप्रमुख चौधरीले बताइन। विकासमा लागत सहभागिता रोचक सहभागिता नगद तथा ...