मुख्य समाचार
राजनीतिमा 'पल्टुराम' भेट्नु स्वभाविक हो : उपेन्द्र यादव
राजनीतिमा 'पल्टुराम' भेट्नु स्वभाविक हो : उपेन्द्र यादव

: जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको शिकार आफ्नो पार्टीलाई बनाइएको बताएका छन्।


शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताका दौडमा राज्यको प्रयोग वा अन्यबाट आफ्नो पार्टी फुटाइएको बताए। उनले सत्ता टिकाउन आफूले नै जसपा नेपाल फुटाएको भन्दै प्रधानमन्त्रीले भाषण गरेको अवस्थामा अन्य शंका गर्ने अवस्था नरहेको बताए।

अध्यक्ष यादवले महाधिवेशनले पार्टीप्रतिको जनसमर्थन देखाइसकेको भन्दै पार्टी फुटले कुनै असर नपर्ने बताए। नेपालको इतिहासमा मधेसका शक्तिहरू तरवारको धारबाट हिंडिरहेको र यसविरुद्ध सधैं षड्यन्त्र हुँदै आएको उनले बताए। यादवले कुनै पनि पार्टी गैर मुद्दा, गैर सैद्धान्तिक आधारमा फुट्नु दुर्भाग्पूर्ण घटना भएको बताए।




राजनीतिक बाटोमा हिंड्दै जाँदा आएराम, गएराम, पल्टुराम भेट्दै जानु स्वभाविक रहेको उनको भनाइ छ। यादवले पार्टीको महाधिवेशनले एकताको सन्देश दिन सफल भएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ। महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट विनियोजन गरेको बताइन्। महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेका छन्। त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले बताइन्। त्यस्तै काठमाडौं महानगरपालिकाले २ अर्ब बराबरको ३० वटा ...
: प्रतिनिधि सभामा सांसदहरुले भ्रष्टाचारविरुद्ध निर्मम बन्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि सोमबार शून्य समयमा बोल्दै ठाकुर गैह्रेले भ्रष्टाचारले सबैलाई लज्जित बनाइरहेको बताएका हुन्। ‘देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्य सचिवजस्तो व्यक्ति नै अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर हुने ...
: वैदेशिक रोजगारीको बाहानामा दुबई पुर्‍याई मानव बेचबिखन गर्ने अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको ललितपुर महानगरपालिका-८ का ४२ वर्षीय मनोज महर्जन रहेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार उनले श्रम स्वीकृतिको सम्पूर्ण प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीको पठाउने भनि झुक्याई भिजिट भिसामा दुबईमा पुर्‍याई घरेलु कामदारहरू पठाउने एजेन्ट अफिसमा लागि बेचबिखन गरेको ...
: कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । रौतहटको गौर नगरपालिका -२ महादेवपट्टीस्थित नेपाल-भारत सीमा स्तम्भ नजिक सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौर रौतहटबाट खटिइ गएको छड्के चेकप्वाइन्टमा रहेको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नलेखेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको टुलबक्सभित्र लुकाइ राखेको कटुवा पेस्तोल बरामद गरेको हो । भारतको जिल्ला ...
: दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुँदा २२ जनाको मृत्यु भएको छ। आरिसेल नामक कारखानामा आगलागी हुँदा २२ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा १८ जना चिनियाँ, एक जना लाओसका छन् भने एक जनाको पहिचान भएको छैन। दुई जना कोरियन छन्। आगलागीमा परी ८ जना घाइते भएका छन् तीमध्ये दुई जनाको अवस्था गम्भीर छ। कारखानाले ...