मुख्य समाचार
काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण
काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण

: काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने भएको छ।


कामपाको आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कामपाका प्रमुख बालेन्द्र साह बालेनले जानकारी गराएका हुन्।

कामपामा रहेका ८९ वटा सामुदायिक विद्यालयमध्ये दुई सयभन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने नीतिमार्फत उनले जानकारी गराएका हुन्।



खेललाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गरिने र सबै विद्यालयमा अध्ययनरत शारीरिक रुपमा अशक्त विद्यार्थीहरुलाई सहज पठनपाठनको व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख गरिएको छ।

छात्रवृत्तिलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने नीति कामपाले लिएको छ। त्यसैगरी, सामुदायिक विद्यालयहरुको वित्तीय परीक्षणका आधारमा मूल्यांकन गरिने बताइएको छ। उनले कामपालाई सुरक्षित, समावेशी, सम्पन्न तथा जीवन्त सहर बनाउने बताए।

आर्थिक विकास क्षेत्रतर्फ कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शत्प्रतिशत छुटको घोषणा गरिएको छ। स्थानीय तहले १० असारभित्र आगामी आवको बजेट ल्याइसक्नुपर्छ। त्यसैका लागि आज कामपाले नीति तथा कार्यक्रम ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कपिलवस्तु कारागारबाट १४ वर्षअघि सुरुङ खनेर फरार भएका एक फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ। भारत उत्तर प्रदेश सिद्धार्थनगर चिलिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका-७ चन्द्रौटाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। २०६६ माघ २ गते कपिलवस्तु कारागारबाट ८ जना कैदी सुरुङ खनेर भागेका थिए। पक्राउ परेका खान ...
: चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौजना विरुद्ध मुद्दा दर्ता गरेको छ। निजहरुविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार मुद्दा दायर गरिएकाहरुमा भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ सुन्दर बस्ती बस्ने ३३ वर्षीये बालकुमार राई, नवलपरासी (बर्दघाट ...
: सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई गरिएको कारबाही अगाडि नबढाउन आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गर्दै कारवाही अगाडि नबढाउन भनेको हो। सर्वोच्चले देवकोटालाई पदमुक्त गर्नुको कारण पनि सोधेको छ। ' यसमा के,कसो भएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषणसमेतको आदेश किन जारी हुन नपर्ने हो ? ...
: नेकपा माओवादी केन्द्रकी नगर कार्यपालिका सदस्य अनिता कार्की (ढोली)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई सिंहदरवार जलाउने अभिव्यक्ति दिएकोप्रति कडा प्रतिकार गरेका छन्। उनले सिंहदरवारले नै प्रद्यत गरेको अधिकारबाट महानगरको कुर्सीमा बसेको भन्दै कसैले महानगरपालिकाको दरबार जलाउँछु भन्दै आए के गर्ने भनेर प्रश्न गरेकी छन्। 'प्रमुखज्यु आज तपाईँ जुन कुर्सीमा बसिरहनुभएको छ। त्यो कुर्सीको अधिकार ...
: दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याएको छ। सोमबार तुलसीपुर महानगरपालिकाकी उपप्रमुख सानी चौधरीले १५औं नगरसभा मार्फत आगामी आर्थिक वर्षको लागि २ अर्ब साढे ७ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन्। पालिकाका जनअपेक्षालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिएको उपप्रमुख चौधरीले बताइन। विकासमा लागत सहभागिता रोचक सहभागिता नगद तथा ...