मुख्य समाचार
आजको विकासको भोक मेट्न अन्धाधुन्ध विनाश नगरौं : विश्वप्रकाश शर्मा
आजको विकासको भोक मेट्न अन्धाधुन्ध विनाश नगरौं : विश्वप्रकाश शर्मा

: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजको विकासको भोक मेट्न भोलिको पुस्ताले प्रकृतिको तिर्खा बेहोर्नुपर्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले अन्धाधुन्ध विनाश नियन्त्रण गर्नुपर्ने धारणा राखेका हुन्।


‘आजको विकासको भोक मेट्न भोलिको पुस्ताले प्रकृतिको तिर्खा बेहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश नियन्त्रण गरौँ।’ सांसद शर्माले भने,‘सम्माननीय सभामुख महोदयमार्फत म सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराउँछु।’

उनले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्युनीकरणसम्बन्धी संशोधित ऐन, २०७५ बमोजिम व्यवस्थित गर्नसमेत सरकारको ध्यानाकर्षण गराए।



उनले बाढी, पहिरो पछि बैठकमा नभई उद्धारमा जुट्नुपर्ने बताए।

‘वर्षाको समयमा हाम्रो देशमा तीनवटा दृश्य देखिने गरेको छ। पहिलो बाढी पहिरो, दोस्रो आपतकालीन बैठकहरू, तेस्रो दलहरूको वक्तव्य अनि संसद्‌मा सांसदहरूको ध्यानाकर्षण। यसपालि दृश्य बदलौँ। ध्यानाकर्षणका लागि बाढी नकुरौँ। बाढीपछि बैठक होइन, उद्धारमा जुटौँ।’ उनले भने,‘जलवायु परिवर्तन, भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदि कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित छ। अतः भूगर्भविद्हरुले औंल्याएका पहिरोको जोखिम बस्तीहरु स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राखौँ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने बताएका छन्। कांग्रेस प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। 'पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ। यसलाई पूर्णरूपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ,' उनले भने। महामन्त्री थापाले असारभित्र महासमिति बैठक बसेर पार्टीलाई ...
: संघीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजिकरण गर्न कानुन,न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई तोकिएको छ । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकले त्यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे,राष्ट्रिय ...
: आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाका लागि छुट्टै सिट निर्धारण गर्र्नुपर्ने माग विपक्षी कांग्रेसमा उठेको छ। नेपाल महिला संघले काठमाडौंमा गरेको कार्यक्रममा नेताहरूले प्रत्यक्षतर्फ महिलालाई टिकट दिनै पार्टीहरूले कञ्जुस गरिरहेको भन्दै महिलाका लागि अब अलग्गै सिट निर्धारण गर्नुपर्ने बताए। संसद्मा महिलाको उपस्थिति व्यवहारमै बढाउनका लागि यस्तो व्यवस्था गर्नैपर्नेमा कांग्रेसका नेताहरूले जोड दिए। कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री ...
: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन्। जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आदीवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्। 'आदीवासी जनजाति पहिचानको महत्त्वपूर्ण आधार र परम्परागत रीतिरिवाज हो,पुर्ख्यौली जमिनलाई आस्थाको प्रतीक मान्दै आदीवासी जनजातिले ...
: नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आज सुरु भएको छ। काठमाडौंमा आज सुरु भएको १६ औँ बैठकमा नेपाल र चीन बीच द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट चीनका उपविदेशमन्त्री सुन वेइडोङले गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपालले छलफलका लागि ...