मुख्य समाचार
नारायणी अस्पतालमा बढे सर्पदंशका बिरामी
नारायणी अस्पतालमा बढे सर्पदंशका बिरामी

: गर्मी बढेसँगै वीरगन्जको नारायणी अस्पतालमा सर्पदशंका बिरामीहरूको संख्या अत्यधिक बढेको छ। नारायणी अस्पतालमा पछिल्लो दुई हप्तामा मात्रै सर्पदशंका ६१ जना बिरामीहरू उपचारका लागि भर्ना भएको अस्पतालको आकस्मिक कक्षका प्रमुख डाक्टर उदयनारायण सिंहले जानकारी दिए। जेठ १५ देखि जेठ ३१ गतेसम्म अस्पतालमा सर्प दंशका ६१ जना बिरामी उपचारका लागि आएको सिंहले बताए। तीमध्ये २० जना बालबालिका, २२ जना महिला र १९ जना पुरुष रहेको डाक्टर सिंहले जानकारी दिए।


डाक्टर सिंहले भने,‘जेष्ठ महिना उता कहिलेकाही मात्र सर्पले टोकेका बिरामी अस्पतालमा आउँथे। तर यो गर्मी अत्यधिक बढेयता अस्पतालमा दिनहुँ औसतमा ५/६ जना सर्पदशंका बिरामी आइरहेका छन्। सर्पदशंका बिरामीको संख्या अप्रत्याशित रुपमा बढेको छ।’

नारायणी अस्पतालमा पर्सा, बाराका साथै रौतहट र सर्लाही जिल्लाबाट समेत सर्पदशंका बिरामी उपचारका लागि आउने गरेको उनले बताए। नारायणी अस्पतालमा केही दिन पहिलेसम्म सर्पदशंका बिरामीलाई लगाउनुपर्ने एन्टी स्नेक भेनम (सुई)को अभाव रहेको भएपनि अहिले पनि अभाव नरहेको उनले बताए।




तर विषालु सर्पले डसेर जटिल अवस्थामा पुगेका बिरामीलाई थप उपचारका लागि भर्ना गरेर राख्नुपर्ने अवस्थामा भने आइसीयु बेडको अभावले समस्या भइरहेको डाक्टर सिंहले बताए।

उनका अनुसार हिउँद याममा भन्दा गर्मी मौसममा सर्पको सकृयता बढ्ने गरेकाले सर्पदशंका घटना अत्यधिक हुने गरेको छ। गर्मीमा पानी नपरेर जमिनमुनिको तापक्रमपनि बढ्ने र त्यसले दुलोभित्र बस्ने गरेका सर्पहरू उकुसमुकुस भएर बाहिर निस्किने गरेको उनले बताए।

सर्प दंशबाट जोगिन घरभित्र र वरिपरिका प्वालहरू टाल्नु पर्ने, रातिको समयमा अँध्यारोमा हिँडडुल नगर्ने, हिँड्नै परे चप्पल वा जुत्ता लगाएर तथा टर्च लाइट बालेर हिँड्नुपर्ने, राति सुत्दा झुल टाँगेर मात्रै सुत्नुपर्ने र भुईँमा नसुत्ने लगायतका सावधानीहरू अपनाउन उनले सुझाव दिए।

यदि सर्पले डसे हाले गाउँघरमा घरेलु वा झारफुकको उपचारमा नलागी यथाशक्य छिट्टै नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा बिरामीलाई पुर्‍याई हाल्नुपर्ने सुझाव पनि उनले दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ वैज्ञानिकहरूले एउटा क्रान्तिकारी खोज गरेका छन्। विश्वको पहिलो बोन ग्लू बनाएको छ। यसले भाँचिएको हड्डी २–३ मिनेटमा जोड्छ। यो सामग्री ओइस्टरबाट प्रेरित छ। यो पूर्णतया बायोडिग्रेडेबल छ अर्थात् ६ महिना भित्र शरीरमा घुल्छ। यसले धातु प्रत्यारोपणको आवश्यकतालाई हटाउनेछ। बोन ग्लू भनेको के हो ? चिनियाँ वैज्ञानिकहरूले ʻबोन ०२ʼ नामक जैविक पदार्थ विकास गरेका ...
जल्यो संसद भवन
जल्यो संसद भवन
सिंहदरबार गेटमै जेनजीले खोसे सुरक्षाकर्मीको बन्दुक, आफैं पड्काए
बिर्तामोडपछि प्रशासनले दमकमा पनि लगायो कर्फ्यु
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम