मुख्य समाचार
कोरला नाका जोड्ने सडकमा कालोपत्रे
कोरला नाका जोड्ने सडकमा कालोपत्रे

: चीनको कोरला नाकासँग सिमाना जोडिएको कोरला नाका जोड्ने सडकमा कालोपत्रे गरिने भएको छ।


राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले पहिलो चरणमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्रदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका घमीसम्मको ५० किमी दुरीको ग्राभेल सडकमा कालोपत्रे गर्न लागिएको हो।

राष्ट्रिय गौरवका जोमसोम-कोरला ११० किमी ग्राभेल सडकमध्ये पहिलो चरणमा (कागबेनी-घमी)ग्राभेल सडकलाई कालोपत्रे गर्ने गरी योजना अघि बढाइएको आयोजनाले जनाएको छ।


भारतीय नाकाबन्दीपछि २०७३/०७४ सालमा ठेक्का सम्झौता सुरु भई सडक स्तरोन्नति कार्य सुरु गरिएको बेनी-जोमसोम-कोरला सडकको हालसम्मको भौतिक प्रगति ८२ प्रतिशत छ। जसमध्ये ५० किमी सडकमा कालोपत्रे सडक समेत विस्तार भइसकेको छ।

बेनी-जोमसोम ७४ किमी ४ खण्डको सुरुवाती चरणमा ठेक्का भई सडक स्तरोन्नतिको काम भइरहेकोमा जोमसोम-कोरला सडकमा कालोपत्रे नभई ग्राभेल सडकको योजना परेको थियो। जोमसोम-कोरला ७ खण्ड मध्ये ६ खण्डको ग्राभेल सडकको निर्माण कार्य सम्पन्न भइसकेको छ । चराङ-छोसेर २५ किमी सडक पनि अन्तिम चरणमा छ ।

जोमसोम-कोरला ७ खण्डमध्ये २ वर्षअघि जोमसोम-कोरलाको पहिलो फेज जोमसोम -कागबेनी १३ खण्डमा कालोपत्रे सडकको ठेक्का सम्झौता भएको थियो । अहिले त्यहाँ कालोपत्रे सडकको काम भइरहेको छ । योसँगै चालु आर्थिक वर्षमा कोरला नाकासम्म कालोपत्रे विस्तार गर्ने लक्ष्यसहित भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत (बेनी-जोमसोम-कोरला)सडक आयोजनाले आगामी आर्थिक वर्षमा कागबेनी-घमी कालोपत्रे गर्ने तयारी अघि बढाएको आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने बताएका छन्। कांग्रेस प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। 'पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ। यसलाई पूर्णरूपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ,' उनले भने। महामन्त्री थापाले असारभित्र महासमिति बैठक बसेर पार्टीलाई ...
: संघीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजिकरण गर्न कानुन,न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई तोकिएको छ । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकले त्यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे,राष्ट्रिय ...
: आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाका लागि छुट्टै सिट निर्धारण गर्र्नुपर्ने माग विपक्षी कांग्रेसमा उठेको छ। नेपाल महिला संघले काठमाडौंमा गरेको कार्यक्रममा नेताहरूले प्रत्यक्षतर्फ महिलालाई टिकट दिनै पार्टीहरूले कञ्जुस गरिरहेको भन्दै महिलाका लागि अब अलग्गै सिट निर्धारण गर्नुपर्ने बताए। संसद्मा महिलाको उपस्थिति व्यवहारमै बढाउनका लागि यस्तो व्यवस्था गर्नैपर्नेमा कांग्रेसका नेताहरूले जोड दिए। कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री ...
: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन्। जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आदीवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्। 'आदीवासी जनजाति पहिचानको महत्त्वपूर्ण आधार र परम्परागत रीतिरिवाज हो,पुर्ख्यौली जमिनलाई आस्थाको प्रतीक मान्दै आदीवासी जनजातिले ...
: नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आज सुरु भएको छ। काठमाडौंमा आज सुरु भएको १६ औँ बैठकमा नेपाल र चीन बीच द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट चीनका उपविदेशमन्त्री सुन वेइडोङले गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपालले छलफलका लागि ...